चार नाटक देखाउँदै सकियो बुद्ध थिएटर फेस्टिबल


ब्युटी न्युज नेपाल
काठमाडौं, बैशाख

गौतम बुद्धको जीवनी दर्शनलाई रंगमञ्चमार्फत विश्वमाझ पुरयाउने उद्देश्यका साथ आयोजितबुद्ध थिएटर फेस्टिवल २०२२सम्पन्न भएको सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा वैशाख गतेदेखी एकसाता चलेको महोत्सव संस्कृति तथा पर्यटन मन्त्रालय बागमती प्रदेश, सांस्कृतिक संस्थान डबली थिएटरको संयुक्त आयोजनामा भएको हो

महोत्सव समापन समारोहमा बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले भगवान गौतम बुद्धको जीवन दर्शनलाई आत्मसात् गर्नेहरूको संख्या संसारमा धेरै भएकाले नेपालको पर्यटन विकास बुद्ध नेपालमा जन्मेको हो भन्ने सत्य स्थापित गर्न महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताए बुद्ध थिएटर फेस्टिवल नेपालमा आयोजना हुनु गौरवको विषय हो’, मन्त्री श्रेष्ठले भने, ‘नेपालको पहिचानसँग जोडिएको यो महोत्सव अझ भव्य रूपमा आयोजना गर्न बागमती प्रदेश सरकारको साथ सहयोग रहनेछ

एक सातासम्म चलेको महोत्सवमा शारदा शर्माको उपन्यासतापमाथि पुष्कर गुरुङको परिकल्पना तथा निर्देशनमा नाटकताप’, पार्वती ज्ञवालीको लेखनमा वीरेन्द्र हमालको परिकल्पना तथा निर्देशनमा नाटकतथागत बिज’, अनिल सुब्बाको परिकल्पना तथा निर्देशनमा नाटकबुद्ध भिखारी दिपेन्द्र बज्राचार्यको लेखन एवं शारदा सिलवालको निर्देशनमाबोधी यात्रामञ्चन गरिएको थियो

महोत्सवप्रति नाट्यकर्मी दर्शकको आकर्षणले उत्साहित बनाएको सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोकप्यासी राईले बताए बुद्ध थिएटर फेस्टिवलले उठान गरेको विषय रंगकर्ममात्र नभएर नेपालको राष्ट्रिय पहिचान पर्यटन विकाससँग पनि जोडिएको ’, महाप्रबन्धक राईले भने, ‘महोत्सवप्रति रंगकर्मी तथा दर्शकको उत्साहपूर्ण सहभागिताले हामीलाई अझ हौसला मिलेको

फेस्टिवल डाइरेक्टर पुष्कर गुरुङले यस महोत्सवमा मञ्चन भएका नाटकमा नेपाली माटोको सुवास आउने बताए संसारले बुद्धलाई कसरी चिन्छन्, कसरी बुझ्छन् भन्ने कुरा रंगमञ्चमा प्रस्तुत गर्न महोत्सव आयोजना गरिएको हो’, गुरुङले भने, ‘महोत्सवको आगामी संस्करण विभिन्न मुलुकको सहभागितासहित अझ भव्य रूपमा आयोजना हुनेछ गत वर्षदेखि सुरु भएको महोत्सवको यो दोस्रो संस्करण हो नाटक हेर्न देश विदेशका दर्शकको उलेख्य सहभागिता रहेको थियो