ट्रेन्डिङ वानमा आएको पीर भिडियो युट्युवबाट एक्कासी हटाए प्रकाश सपुतले


ब्युटी न्युज नेपाल
काठमाडौं, ५ चैत

अघिल्लो शुक्रबार राती आफ्नै अफिसियल युट्युव च्यानलमा लोड गरेको पीर गीतको भिडियो गायक प्रकाश सपुतले शनिबार बेलुका एकाएक हटाएका छन् । सो भिडियोमा राखिएको महिला छापामारको देह व्यापार सम्बन्धि दृष्य निकै बिबाद भएपछि गायक प्रकाश सपुतले आफ्नो गीत ‘पीर’को सो विवादित दृष्य शनिबार हटाएर यो गीतको भिडियोलाई पुन युट्युव च्यानलमा राखेका हुन् । एक हप्तामै एक करोड पटक युट्युवमा हेरिएको यो भिडियोलाई उनले पैसा भन्दा पनि प्रतिष्ठाको कारण हटाएर पुन सम्पादन गरी भिडियो रि लोड गरेको प्रकाश सपुतको भनाई छ ।

गायक प्रकाश सपुतको पिर गीतको भिडियो शनिबार बेलुका सम्म पनि युट्युव नेपाल ट्रेन्डिङको १ नम्बरमा थियो । तर पनि उनले यो भिडियो एकाएक हटाएका छन् । सो गीतको भिडियोमा आधा मिनटको दृष्य परिवर्तन गरेर त्यो गीतको भिडियोलाई फेरी युट्युव च्यानलमा शनिबार बेलुका राखेका छन् । उनले महिला छापामार महिलाले यतीबेला काठमाडौंमा जिविकोपर्जनका लागि देहव्यापार गर्नु परेको दृष्य यस अघि भिडियोमा राखेका थिए । त्यो दृष्य अहिले उनले पूर्ण रुपमा हटाएका छन् । सो दृष्यको धेरै तिरबाट बिरोध आएपछि आफुले गल्ती गरेको उनले महसुस गरेका थिए । सोही कारण त्यो दृष्य हटाएरु बाँकी दृष्यहरु र गीतलाई जस्ताको तस्तै राखेको उनले बताएका छन् ।

सपुतको भनाईमा बिबादित ती दृष्यमा धेरैले आपत्ति जनाएका थिए । ती छापामार महिलाहरुको सम्मानमा ठेस नपुगेर भनेर भिडियोको त्यो विवादित दृष्य हटाएर बाँकी सबै दृष्य समेटेर फेरी युट्युवमा आफुले राखेको गायक सपुतले बताएका छन् । उनले हटाएका दृष्यमा अन्य केही दृश्य समावेश गरेका छन् । यो भिडियो शनिबार पौने ६ बजे साँझतिर पुनः अपलोड गरिएको हो ।

यसरी एक करोड भ्युज गएको भिडियोबाट प्राप्त हुने करिब ७ लाख रुपैयाँको रेभिन्यु मायाँ मारेर प्रकाश सपुतले यो भिडियोलाई पुन सम्पादन गरेर फेरी अपलोड गरेका छन् । उनको यो कार्यलाई सबैले प्रसँसा गरेका छन् । उनले सो भिडियो हटाएर पुन सम्पादन गरी फेरी रि लोड गनुएको कारणबारे फेसबुकमा यस्तो लेखेका छन् ।

‘सर्वाधिक लाईक र कमेन्ट सहित १७ दिनमा गल्बन्दि, १५ दिनमा कुराबुझ्नपर्छ र ७ दिनमा पिर करोड़ पटक हेरिएको छ । हाम्रो प्रयास को ईतिहास र तपाईको प्रेम को ईतिहास निरन्तर दोहोरीएको छ । एउटा सर्जक र उसको टिमका लागि र समग्र व्यवसायिक संगित बजारका लागि यो अपार सफलता हो । तर आगामी दिनमा आउन सक्ने असफलता पनि सामान्य लागोस भनेर मैले आफ्नो सफलतालाई सामान्य रुपमा लिन थालेको छु । यधपि तपाईको अमुल्य शुभेच्छा मेरो लागि असामान्य छ । मैले आफ्नो क्षेत्रमा जबरजस्त उपस्थिती र स्थान बनाएको छु । रेकर्डहरु बनाएको छु । सपना र संघर्ष पछिको यो सफलता भने सामान्य होईन । कहिले काहि त लाग्छ – भयो अब ! पुग्यो । आई एम डन । खैर, पिरले सफलता मात्रै होईन धेरै कुरा सिकाएको छ । सचेत गराएको छ । तथ्यपरक सिर्जना गर्दा त्यसलाई नेपाली दर्शकस्रोता, सम्बन्धित कथा पात्रले चित्रण गर्ने समुह/ समुदाय र समग्र समाजको कस्तो दृष्टिकोण रहन्छ भन्ने कुराको हेक्का राख्नु पर्ने चेत गराएको छ ।सिर्जना गर्दा अझै धेरै अध्ययन गर्न प्रेरित गरेको छ । यधपि सर्जक ले आफ्नो सिर्जनात्मक दायरा खुम्च्याउने कि सिर्जना प्रति दर्शकले आफ्नो दृष्कोण फराकिलो बनाउने ? यो बहस हुन जरुरी छ । भैईरहोस । जे होस, पिरमा प्रतीकात्मक रुपमा राखिएको एउटा दृष्यले, पात्रले चित्रण गरेको सम्बन्धित समुहको आत्मसम्मानमा त चोट पुग्यो नै गित र भिडियो का अन्य सौन्दर्यलाई समेत छायामा पारिदियो । अनअफिशियल रुपमा त पुरानो भिडियो सेभ होलान । अतिरन्जित गरेर सोसियल मिडियामा सेयर पनि गरियला तर नगर्न अनुरोध गर्दछु । लाखौ सब्सक्राईब भएको प्रकाश सपुत अफिसियल युट्युवमा त्यो भिडियो अर्काईभको रुपमा रहने र जहिले हेर्दा पनि त्यहि दृष्य बिझाउने जस्तो भयो । नियोजित रुपमा माओवादी आन्दोलनलाई बदनाम गर्न खोजिएको भन्ने बुझिने र त्यसले उठाएको अन्य यथार्थ विषयहरु विषयान्तर भैरहने जस्तो भयो । त्यसैले कुनै दबाब÷ प्रभाव ले नभएर यो बिचमा आएका तपाईको प्रतिक्रिया, अग्रज स्रष्टा सर्जकहरुको सुझाव ! लेखक, पत्रकार, समिक्षकहरुको समिक्षा र सम्बन्धित समुहको आत्मसम्मानलाई मनन गर्दै त्यो दृश्य सम्पादन गरिएको छ । नया भिडियो रि– अपलोड गरिएको छ ।
साथै सात दिन सम्म ट्रेन्डिङ १ मै रहेको, ५ लाख ५० हजार लाईक र ३८ हजार प्रतिक्रिया आएको , एक करोड प्लस निरन्तर हेरिएको भिडियो हटाउने निर्णय गरेको छु । केहि दृष्यमाथीको आलोचना, व्यापक चर्चा सहित व्यवसायिक सफल भएको गित र भिडियो त हटाएको छु । तर गित र भिडियोमा गरिएको नेपाली समाजको चित्रण हटाएको छैन ! आम नेपालीको अवस्थाको प्रतिबिम्ब हटाएको छैन र सोधिएका गम्भिर प्रश्नहरु हटाएको छैन । पिर– रि अपलोड गरिएको छ । यो भिडियोलाई मन लागेछ भने फेरी हेर्नु होला । र कसैको आत्मसम्मान र सर्जकको ईमान्दारीतालाई मनन गर्दै आफ्नो प्रतिक्रिया दिनु होला । थप राजनितिकरण र अतिरन्जित नगरौ है त । धन्यबाद !’