हाँस्य सृँखला सर्खारको सर आउँदै


ब्युटी न्युज नेपाल
काठमाडौ ३ चैत्र

हास्य प्रधान टेली सृँखला ‘सर्खारको सर’ निर्माण भएको छ । यो सृँखलाको फस्ट लुक्स (पोस्टर) सार्वजनिक गरेको छ । निर्माण पक्षले यो टेलिसृँखलाको फागुन पूर्णिमाको अबसर पारेर बिहिबार सार्वजनिक गरिएको हो । फस्टलुक्समा तिन मुख्य कलाकार दीपक आचार्य, रबिन्द्र झा र सिपि पुडासैनीलाई समेटिएको छ ।

सेलिब्रेटी नेपाल र देवांशी इन्टरटेन्टमेन्टको प्रस्तुति रहेको सिरियलको निर्देशन बिनय पौडेलले गरेका छन् । सर्खारको सरमा राजनीतिक बिकृति विसंगति संगै नेपाली समाजमा घटेका यथार्थ घटना र गाउँ समाजमा परेका समस्याहरुलाई उजागर गरिएको निर्माण पक्षको कथन छ ।