होली मनाउँदै कृष्ण लिलाको प्रचार सुरु


ब्युटी न्युज नेपाल
काठमाडौ ३ चैत्र

चलचित्र कृष्ण लिला आगामी ३ भदौबाट रिलिज हुने भएको छ । निर्माण पक्षले फिल्मको रिलिज मिति घोषणा गर्दै प्रचार थालेको छ । यो फिल्मको युनिटले होली मनाउदै प्रचार प्रसारको औपचारिक सुरुवात गरेको छ ।

कृष्ण जन्माष्टमीको दिनलाई प्रदर्शन मिति तोकिएको फिल्मका प्रमुख कलाकार पुष्प खड्का र श्रद्धा क्षेत्रीका साथमा निर्देशक दीपक वली, लेखक लक्ष्मण सुवेदी, निर्माता द्व्य रोहित कट्टेल र रत्न श्रेष्ठको टिमले होलीको रंगमा रंगीदै फिल्मको पब्लिसीटी अघि बढाएका हुन ।

आर फिल्मको ब्यानरमा निर्माण भएको फिल्मको प्रदर्शन मिति बुधबार मात्रै तय गरिएको थियो । पूर्वी नेपालको इलाम,झापालगायतका जिल्लाका रमणीय स्थानमा खिचिएको फिल्ममा पुष्प र श्रद्दाका साथमा बुद्दी तामाङ, रबिन्द्र झा, नवीन रेग्मी, हिउंवाला गौतम,भावना गुरुङलगायतका कलाकारले अभिनय गरेका छ्न । शिव ढकालले खिचेको फिल्मका गीतमा अर्जुन पोखरेलको संगीत छ ।