शिरमाथी शिरफूल भन्दै आँचल र विज्ञान


ब्युटी न्युज नेपाल
काठमाडौं, २ चैत

एस् डी योगी र अस्मिता अधिकारीको आवाज रहेको गीत शिरमाथि शिरफुलको भिडियो बजारमा आएको छ । यो म्युजिक भिडियो आर्ट बक्स प्रोडक्सनको अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको छ ।

गीतको शब्द कृष्ण सुवेदीको रहेको छ भने लय सिर्जना गायक योगी कै रहेको छ । छवि लाल तामाङ (शिशिर)को निर्देशन रहेको भिडियोलाई उज्ज्वल जोशी र नवराज उप्रेतीले संयुक्तमा खिचेका हुन् । मनोज कार्कीले भिडियोको सम्पादन गरेका हुन् ।

यो गीतको भिडियोमा अभिनेत्री आँचल शर्मा र कलाकार विज्ञान लाईको अभिनय रहेको छ । भिडियोमा सुनिल क्षत्रीको कोरीयोग्राफी छ । यो भिडियोलाई निर्देशक छविलालले मेहनत गरेर कलात्मक शैलीमा प्रस्तुत गरेका छन् । भिडियोलाई प्रशान्त राज मालाकार र विज्ञानले मिलेर निर्माण गरेका हुन् ।