राजेन्द्र र सुजाताको आयो होली गीत


ब्युटी न्युज नेपाल
काठमाडौं, ३० फागुन

यो वर्षको फागु पूर्णिमा नजिकिँदैछ । यसै क्रममा संगीतकार तथा गायक राजेन्द्र बजगाईंले आफ्नो नयाँ गीत खेलौं होली….को भिडियो बजारमा ल्याएका छन् । यो गीतलाई सुजाता केसी, राजेन्द्र बजगाइ र सबिन सुवेदीले गाएका हुन् ।

यो वर्षको फागुपूर्णिमाको शुभकामना स्वरुप आफुहरुले यो गीत ल्याएको गायिका सुजाताले बताएकी छिन् । यो गीतमा राजेन्द्र बजगाईंको संगीत, शब्द तथा संगीत संयोजन रहेको छ ।

यो गीतको भिडियोमा श्रीदेव भट्टराई, युनिसा बस्नेत, मोनिका श्रेष्ठ, रोयल प्रिन्स सिंहसहित विभिन्न कलाकारहरुको अभिनय रहेको छ । गायक तथा संगीतकार राजेन्द्र बजगाई र गायिका सुजाताले पनि यो भिडियोमा मुख्य भूमिका निर्वाह गरेका छन् ।

यो भिडियोको छायाँकारमा टंक केसी, सम्पादकमा विकास ज्ञवाली रहेका छन । भिडियोको निर्देशन मदन खड्काले गरेका हुन् । भिडियोको निर्माता शुसिल शर्मा हुन् ।