चैतबाट चलचित्र हाम्रो स्वर्ग छायाँकन हुने


ब्युटी न्युज नेपाल
काठमाडौं, ३० फागुन

चलचित्र शोभित बस्नेतको निर्देशनमा नयाँ चलचित्र ‘हाम्रो स्वर्ग’ निर्माण हुने भएको छ । चलचित्रको छायांकन चैत्र अन्तिम साताबाट सुरु हुने निर्देशक बस्नेतले जानकारी गराएका छन् । कर्णाली प्रदेशबासीको भाषा भेषभुषा र रहनसहनलाई प्रस्तुत गरिने फिल्मले एउटा पृथक र वास्तविक कथा भन्ने निर्माण पक्षले जनाएको छ । फिल्म कर्णाली प्रदेशका १० वटै जिल्लामा छायांकन गरिनेछ ।

दुई अभिनेता र दुई अभिनेत्रीको मुख्य भुमिका रहने फिल्मका लागि अन्य कलाकारको खोजी भइहेको छ । निर्देशक बस्नेतका अनुसार फिल्ममा यार्सागुम्बा टिप्ने मान्छेहरुको कथालाई चित्रण गरिनेछ ।

एनएसके मिडिया नेपालको व्यानरमा निर्माण हुने फिल्ममा शान्ता शर्माको लगानी रहनेछ । फिल्ममा नवदत्त न्यौपानको संगीत, रामकृष्ण बुढाथापाको कथा र रामजी राउतको मुख्य सहायक निर्देशक रामजी राउत हुनेछ ।