सिन्धुलीमा जन्ती बोकेको टिफर दुर्घटना हुँदा २ जनाको मृत्यु, २४ घाईते


ब्युटी न्युज नेपाल
सिन्धुली, ३० फागुन

सिन्धुलीको दुधौली नगरपालिका–५ ठाकुरखोलामा आइतबार साँझ टिफर दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । ना ३ ख ७४ ९० नम्बरको टिपर अनियन्त्रित भइ सडकमा पल्टिएको थियो ।सो दुर्घटनामा २४ जना घाईते भएका छन् । जन्ति सवार टिपर अनियन्त्रीत भएर पल्टीदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा २४ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

सो दुर्घटना साँझ ८ बजे बाणेगाउँबाट कटारीतर्फ जाँदै गरेको भएको हो । गम्भीर घाइते भएका टिपरमा सवार उदयपुरको कटारी नगरपालिका २ का १९ वर्षीय दिपेन्द्र कुमर र २४ वर्षीय अजय दनुवारको उपचारका क्रममा जिल्ला अस्पताल सिन्धुलीमा मृत्यु भएको हो ।

गम्भीर घाइते ४ जनालाई थप उपचारका लागि काठमाण्डौ पठाइएको छ । अन्य घाइतेहरुको बिराटनगर, कटारी र सिन्धुलीका बिभिन्न अस्पतालमा उपचार भइरहेको छ । टिपर चालकलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले नियन्त्रणमा लिएको छ । बेहुला बेहुली भने अर्कै गाडीमा सवार रहेको खुलेको छ ।