माओबादी छापामार महिलालाई बेश्यामा उतारेपछि बिबादमा प्रकाश सुपत


सरिता भारती/ ब्युटी न्युज नेपाल
काठमाडौं, २९ फागुन

गायक प्रकाश सपुत यतीबेला बिबादमा छन् । उनले शुक्रबार मात्र आफ्नो नयाँ गीत पीरको नयाँ भिडियो सार्वजनिक गरेका थिए । यो भिडियोमा राखिएको दृष्य निकै विवादमा परेपछि गीतको भिडियोले दुई दिनमा दुई मिलियन भन्दा बढी भ्युज पाएको छ । गीतलाई हटाउन चारैतिरबाट दवाव आएको छ । तर प्रकाश सपुत यतीबेला सम्पर्क बाहिर छन् । उनीलाई ज्यानको धम्की आएको बताईएको छ ।

प्रकाश सपुतले आफ्नो र सम्झना भन्डारीको स्वरमा नयाँ गीत पीरको भिडियो शुक्रबार मात्र रिलिज गरेका हुन् । आफ्नै अफिसियल युट्युव च्यानलबाट उनले रिलिज गरेका हुन् । यो गीतको भिडियो अहिले युट्युव नेपाल ट्रेन्डिङको १ नम्बरमा रहेको छ । गीतको भिडियोमा उनले दर्शकबाट सकरात्मक प्रतिक्रिया पनि पाएका छन् ।

तर माओबादी पक्षबाट यसको व्यापक विरोध आईरहेको छ । माओबादी निकट विधार्थी सँगठन अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्ष पञ्चन सिंहले प्रकाश सपुतको यो म्युजिक भिडियोलाई तत्कालै युट्युवबाट हटाउन चेतावनी दिएकी छिन् । प्रकाश सपुतलाई माफी माग्न पनि उनले भनेकी छिन् । प्रकाश सपुतहरुको यस्तो हर्कत आफुहरुले नसहने पनि उनले बताएकी छिन् ।

यो भिडियोमा माओबादी जनयुद्धमा सम्लग्न महिला योद्धाहरु अहिले देशव्यापारमा सम्लग्न रहेको दृष्य प्रति उनले आपत्ति जनाउँदै आफ्नो फेसबुकमा यस्तो लेखेकी छिन्, ‘महान जनयुद्धको कारण केही थान मन्त्रीहरु ,माननियहरु र टाठा बाठाहरुको जीवन बदलिएको र जनमुक्ति सेना नेपाल र आम कार्यकर्ताको ब्यवस्थापन हुन नसकेको भन्ने बहस जरुर रुपमा छ । सहिद परिवार बेपत्ता परिवार ,पुर्व जनमुक्ति सेना नेपाल, जनयुद्धमा सहभागी आम कार्यकर्ताको ब्यवस्थापनमा नेतृत्व बेखवर भने छैन ।कतिपय प्रयत्न हरु सफल हुन सकेका छैनन् ।ब्यवस्थापनमा केही नभएको भन्ने पनि होेइन विभिन्न तहमा प्रयत्नहरु भइरहेका पनि छन तर ब्यवस्थापन हुन नसकेका जटिलताहरु देखाएर जनयुद्धमा सहभागी महिलाहरु शरीर बेच्ने काममा संलग्न भएको भन्ने सन्देश दिने गरि प्रकाश सपूत जि ले युटुवमा अपलोड गरिएको पिर नामक भिडियो आपत्तिजनक र निन्दनीय छ । जनयुद्धकै कारण महिलाले स्वतन्त्रता, न्याय र समानता प्राप्त गरेको राज्यका हरेक निकायमा ३३% प्रतिशत महिला सहभागीता सुनिश्चित भएको कुरा प्रकाश जि तपाईंलाई बुझाईरहन पर्ने हो । जनयुद्ध सहभागी महिलाले तपाईंको पनि स्वतन्त्रता र तपाईंले भोगेको जातिय विभेद बिरुद्ध पनि लडेका थिए भन्ने कुरा यति चाडै भुल्नु भयो । तिनै दिदिबहिनीहरु माथि अपमान हुने गरि बनाइएको तपाईंको पिर नामक भिडियो सार्वजनिक माफि मागेर तत्काल युटुवबाट नहटाइए तपाईंको यस्तो गैर जिम्मेवार हर्कत सहेर नबस्ने चेतावनी दिन चाहन्छु ।’

त्यस्तै माओवादीका केन्द्रीय सदस्य दीपशिखाले पनि प्रकाश सपुतको पीर गीतप्रति आपत्ति जनाएका छन् । गीतमा प्रयोग भएको भिडियो प्रति उनको आपत्ति छ । उनले सामाजिक सञ्जालमा यो गीतको भिडियोको विरोध गर्दै व्यापारको नाममा प्रकाशले गरेको कार्यको विरोधमा यस्तो लेखेका छन्, ‘जब एउटा सर्जक सिर्जनामाथि व्यापार गर्न थाल्छ नि, उसले बजार हेर्छ र मानिसहरूका भावनाहरूबाट आफैलाई मार्छ । प्रकाश सपुत एक राम्रा सर्जक हुन् ! व्यापारमा सिर्जना नमारुन् !’

गीतको भिडियोमा उनी आफैं मुख्य भूमिकामा छन् । नेपालमा राम्रो कमाई नभएपछि उनकी पत्नीको भूमिकामा रहेकी अभिनेत्री सुरक्षा पन्त रोजगारीको लागि खाडी मुलुकमा गएको र उतै अलपत्र परेको देखाईएको छ । यहाँसम्म ठिकै छ । तर यही भिडियोमा उनले माओबादी जनयुद्धमा लागेका योद्ध महिलाहरु अहिले देशव्यापार गर्न बाध्य भएको कथा प्रस्तुत गरेका छन् । जुन कथा जनयुद्धमा सम्लग्न महिला योद्धाहरुका लागि असैह्य बनेको छ । देश र जनताको लागि ज्यानको बाजी थापेर युद्धमा उत्रिएका महिला योद्धाहरु यती सजिलै बाँच्नकै लागि देहव्यापारमा लाग्दैनन भन्ने टिप्पणी जनयुद्धकी एक छापामार महिलाले व्युटि न्युज नेपाललाई दिएकी छिन् । यो भिडियोमा त्यतिबेला युद्धमा उत्रिएका लाखौं नेपाली महिलाहरुको योगदानको अपमान गरेको उनको टिप्पणी छ । यो विषयमा अहिले छलफल भईरहेकाले आफुहरुले चाँडै सँयुक्त बिज्ञप्ति निकाल्ने पनि उनले बताएकी छिन् । भोलीसम्म प्रकाश सपुतले युट्युवबाट यो गीत नहटाए आफुहरु यसको बिरोधमा उत्रने उनको भनाई छ ।

यता पूर्व प्रधानमन्त्री तथा माओबादीका तत्कालिन महासचिब डा. बाबुराम भट्टराईले प्रकाश सपुतको पक्ष लिएका छन् । हाल जसपाका संघीय परिषद अध्यक्ष रहेका बाबुराम भट्टराईले गायक प्रकाश सपुतको नयाँ गीतमा आपत्ति जनाउनु पर्ने कुरा नभएको सामाजिक सञ्जालमार्फत जिकिर गरेका छन् । उनले गीतले जनयुद्धको बिरोध नगरेको बरु अपूर्ण क्रान्तिको पीडा दर्शाएको उल्लेख गरेका छन् ।

बाबुरामले सामाजिक सञ्जालमा यस्तो लेखेका छन्,‘गीतले जनयुद्धको विरोध गरेको छैन। अपूर्ण क्रान्तिका पीडा दर्शाएको छ ।’ उनले माओवादी नेताहरुलाई गीतको भावबाट क्रान्तिलाई नया‘ ढंगले अगाडि बढाउने पो हो की भनेर सोच्नुपर्ने बेला भएको टिप्पणी गरेका छन् । भट्टराईले गीतका सर्जकलाई सपूतलाई किन धम्क्याउने ? भन्दै प्रश्न गरेका छन् । उक्त गीतको बिरोध गर्दै माओवादी नेताहरुले युट्युवबाट हटाउन भनिरहेका छन् ।

प्रकाश सपुतको यो भिडियो क्रियटिभ रहेको छ । भिडियोको निर्देशन पनि उनी आफैंले गरेका छन् । उनले भिडियोबारे यस्तो लेखेका छन्,‘करिब ६ महिना पछि नयाँ गीत पिर लिएर आएका छौं। जसले देशको व्यवस्था परिवर्तनका लागि लडे तर स्वयं आफ्नै अवस्था पनि परिवर्तन भएन । उनिहरुको कथा समेट्ने प्रयास गरिएको छ । सधै झै तपाईहरुको प्रेम र प्रतिक्रिया पाउनेछौ । धन्यबाद । धेरै माया !’

भिडियोमा प्रकाशले दर्शकको समर्थन पाएका छन् । भिडियोमा उनलाई धेरैले राम्रो काम गरेको प्रतिक्रिया दिएका छन् । भिडियोमा प्रकाश सपुत, सुरक्षा पन्तसँगै लोकेन्द्र लेखक, केशव पुन, पुष्प अबस्थी, विशाल घिमिरेलगायतको अभिनय यो भिडियोमा रहेको छ ।