भिडियोमा डिआर, ज्योती र उदय मनिलाको नजाऊ परदेश…


ब्युटी न्युज नेपाल
काडमाडौं, २८ फागुन

उदय सोताङ र मनिला सोताङको स्वरमा नयाँ गीत ‘नजाऊ परदेश…’ को भिडिओ ओएसआर डिजिटलबाट सार्वजनिक भएको छ । यो गीतलाई डी. आर.ले लेखेका हुन् । जसमा ज्योतिप्रकाशको संगीत रहेको छ । विष्णु अधिकारीले यो गीतको संगीत संयोजन र विप्लव अधिकारीले मिक्सिङ गरेका हुन् ।

यो गीतको भिडियोमा अञ्जना दवाडी र महेश खड्काको अभिनय रहेको छ । भिडियोलाई चक्र बरालले खिचेका हुन् । जसमा विकाश ज्ञवालीको सम्पादन छ । निम्नवर्गीय एक युवकको वैदेशिक रोजगारीको बाध्यता र त्यसबाट उत्पन्न पारिवारिक वियोगको कथालाई मार्मिक ढङ्गले प्रस्तुत गरिएको यो भिडियो गोविन्द अञ्जानको निर्देशनमा निर्माण भएको हो ।

भिडियोमा बैदेशिक रोजगारीको कारण विखण्डित परिवार र त्यसभित्रको पीडाका कथालाई उजागर गर्न खोजिएको छ । नजाऊ भनेर लाख आग्रह गर्दागर्दै पनि बाध्यता देखाएर गर्भवती पत्नीलाई घरमा छाडि बोझिलो पाइला बढाउँदै पति परदेशतिर लागेको कारुणिक कथा भिडियोमा समेटिएको छ । नेपाली ग्रामिण समाजको यथार्थ चित्रण भएको यो गीत तथा भिडियो राम्रो बनेको छ ।