तारा अधिकारीले ल्याईन हाँसो खुसी


ब्युटी न्युज नेपाल
काठमाडौं, २३ फागुन

गीतकार तारा अधिकारीले नयाँ गीत हाँसीखुशी…को म्युजिक भिडियो दर्शकमाझ ल्याएकी छिन् । यो गीतलाई प्रबिण बेडवालले गाएका छन्। जसमा हरि लम्सालको संगीत छ । उदयराज पौडेलको संगीत संयोजन रहेको गीत अकस्टिक नेपालमा रेकर्ड गरिएको हो ।

भिडियोमा जीवन भट्टराई, रमा थपलिया, रामचन्द्र अधिकारी, रक्षा थापा लगायतका कलाकारको अभिनय रहेको छ । सागर बाबु भट्टको निर्देशन रहेको भिडियोमा नवराज उप्रेतिको छायाँकन र प्रविण भट्टको सम्पादन रहेको छ ।

गीतको भिडियोमा बिदेशीएको एक युवालाई श्रीमतीले धोका दिएको देखाइएको छ । आमाको गहना बेचेर विदेश गएका श्रीमानले पठाएको पैसा समेत श्रीमतीले मोजमस्ती गरेर सिद्ध्याएको कथा गीत र भिडियोमा छ । तारा अधिकारीका अन्य गीतहरु जस्तै यो गीतको भिडियो पनि सुनौलो तारा मोसन पिक्चर्स युट्युब च्यानलमा रिलिज गरिएको छ ।