‘के को शान’ ल्याईन प्रीतिले

ब्युटी न्युज नेपाल
काठमाडौं, २२ फागुन

गायिका प्रीति कौरले नयाँ गीत ‘के को शान’ बजारमा ल्याएकी छिन् । आइतबार एक कार्यक्रमबीच गायिका कौरले ‘के को शान’ गीतसँगै म्युजिक भिडियो सार्वजनिक गरेकी हुन् । उनको गीत ‘के को शान’मा शब्द र कम्पोजिसन गायिका प्रीति कौर आफैंले गरेकी छिन् । गीतको मिक्सिङ विशेष पाण्डेले गरेका हुन् भने निर्मातामा पवन टाक्की कार्की छन् ।

अभिषेक सुवेदीले निर्देशन गरेको भिडियोमा गायिका कौर र शिरिर शिवाकोटीले अभिनय गरेका छन्। मिडिया पोर्टले निर्माण गरेको भिडियो चेतनराज भण्डारीले खिचेका हुन् भने अर्जुन कार्कीले सम्पादन गरेका हुन्।

कार्यक्रममा गायिका कौरले ‘के को शान’सहित केही गीत प्रस्तुत गरिन् । लामो समयपछि स्टेजमा उक्लन पाउँदा खुसी लागेको बताइन् । ‘करिब ६–७ वर्षपछि स्टेजमा ब्याक भएको छु, खुसीसँगै उत्साहित पनि छु । साथै यहाँहरुको साथ र सहयोगको अपेक्षा पनि राखेका छु,’ गायिका कौरले भनिन् ।