पल शाहमाथि अनुसन्धान गर्न १२ दिनको हिरासत म्याद थप


ब्युटी न्युज नेपाल
काठमाडौं, २२ फागुन,

अभिनेता पल शाहलाई हिरासतमा राख्न आजबाट अरु १२ दिन म्याद थपिएको छ । एक नावालिक गायिकालाई बलात्कार गरेको आरोपको मुद्दामा अनुसन्धानका लागि अभिनेता पल शाह थप १२ दिन हिरासतमा राख्न आज म्याद थपिएको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँले उनलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँको अनुमति लिएको छ । यस अघि सात दिन हिरासतमा राखेर उनीमाथि अनुसन्धान गरिएको थियो । एक सातामा अनुसन्धान नसकिएपछि फेरी थप अनुसन्धान हुँदैछ । सो अनुसन्धान गर्न म्याद थपका लागि प्रहरीले आइतबार उनलाई जिल्ला अदालत लगेको थियो । प्रहरी स्रोतका अनुसार अनुसन्धान नसकिएका कारण थप १२ दिन हिरासतमा राख्न अनुमति लिइएको हो ।

११ फागुनमा एक बालिकाले आफूमाथि बलात्कार गरेको भन्दै उजुरी दिएपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो । त्यसपछि १५ फागुनमा उनी आफैं प्रहरीसमक्ष पुगेका थिए । अनुसन्धानका लागि पहिले पाँच दिन थुनामा राख्न अनुमति लिएको प्रहरीले अनुसन्धान नसकिएपछि पुनः १२ दिन म्याद लिएको हो ।

उनी बिरुद्ध सोही पीडित भनिएकी नावालिक गायिकाले नवलपुरको गैडाकोट प्रहरी कार्यालयमा पनि जबरजस्ती करणीको उजुरी दिएकी छिन् । उनै गायिकालाई जबरजस्ती करणी गरेको आरोपमा यसरी पल शाह बिरुद्ध दुई वटा प्रहरी कार्यालयमा उजुरी परेको हो ।