धरानमा नेपाली लोकबाजा प्रशिक्षण


ब्युटी न्युज नेपाल
काठमाडौं, २१ फागुन

प्रदेश १ स्तरीय मौलिक नेपाली लोकबाजा प्रशिक्षण शनिबारबाट सुनसरी धरानमा सुरुभएको छ। प्रशिक्षण कार्यक्रम ओैपचारिक रुपमा धरान उपमहानगरपालिकाका मेयर तिलक राईले पानसमा बत्ती बालेर उत्घाटन गरेका छन् ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना तथा धरान नृत्य प्रतिष्ठानको स्थानीय ब्यावस्थापनमा सञ्चालित उक्त कार्यक्रम फागुन ३० गते समापन हुनेछ। प्रदेश १ का करिब १० वटा जिल्लाबाट करिब ६० जना सहभागी प्रशिक्षार्थीलाई प्रशिक्षकहरु भरत बुढाथोकी र दिपेश राईले मादल ढोलकको सैद्धान्तिक तथा ब्यावहारिक तालिम दिनेछन् । । उद्घाटन समारोहमा धरान प्रज्ञा प्रतिष्ठान, धरान संगीत प्रतिष्ठान, राई यायोक्खा सुनसरीका पदाधिकारीले सम्बोधन गरेका थिए ।

उद्घाटन समारोह प्रतिष्ठानका संगीत बिभाग प्रमुख तथा कार्यक्रम सम्योजनक अशोक कुमार राईको सभापतित्व र धरान उपमहानगरपालिका प्रमुख तिलक राईको प्रमुख आतिथ्यतामा मुनाल सास्कृतिक केन्द्रको हलमा भएको थियो। प्रशिक्षण फाल्गुन ३० गते प्रशिक्षार्थीको प्रस्तुति तथा प्रमाणपत्र बितरण कार्यक्रम सहित समापन हुने कुरा प्राज्ञ राईले जानकारी गराए ।