पर्पलाको पर्खाइमा अभिनेता पुकार


ब्युटी न्युज नेपाल
काठमाडौं, २१ फागुन

चलचित्र ‘पर्पला’ प्रदर्शनको तयारीमा छ । फिल्मलाई मनोज अधिकारीले निर्देशन गरेको हो । चलचित्र ‘पर्पला’ को सम्पूर्ण छायाँकन अस्ट्रेलियामा सम्पन्न भएको हो।

लामो समय देखि अस्ट्रेलिया बस्दै आएका अभिनेता पुकार गौतमले यो फिल्ममा मुख्य भूमिका निर्वाह गरेका छन् । उनी अहिले यो फिल्मका प्रतिक्षामा छन् । गौतमले यस अघि चलचित्र ‘झिल्के’ र ‘ह्यापी न्यु इयर’मा काम गरेका थिए।

‘पर्पला’को प्रदर्शन पश्चात आफ्नो अभिनय क्षमतालाई मुल्यांकन गरेर अरु निर्माताहरुले आफुलाई अफर गरेमा समय मिलायर नेपाल आएर पनि काम गर्न सकिने उनले बताए। अस्ट्रेलिया रहेर पनि नेपाली कला क्षेत्रको मोहलाइ बिर्सन नसकेको उनि बताउछन्। रोमान्टिक जनरामा नै आफुलाई फिट लाग्ने उनि बताउछन्।

आफ्नो कामको समय मिलायर नियमित नेपाली चलचित्र हेर्ने गरेको उनि बताउछन्। निरन्तर नेपाली चलचित्रमा काम गर्ने उनको योजना रहेको छ। अस्ट्रेलिया नगई नेपालमा नै बसेको भए नेपाली कला क्षेत्रमा आफ्नो एउटा छुट्टै पहिचान बन्न सक्थ्यो उनको। उनि आफ्नो दाजुबाट प्रभावित भएर कलाकारितामा लागेको बताउछन् । भबिस्यमा आफु पनि चलचित्र मेकिङ्गमा लाग्ने उनको योजना रहेको छ।

चितवनमा जन्मिएका गौतमले १० बर्ष अघि बिज्ञापनबाट कला क्षेत्रमा प्रवेश गरेका हुन्। उनले थुप्रै बिज्ञापन तथा तिन वटा चलचित्रमा काम गरि सकेका छन्। हरर जनराको चलचित्र ‘पर्पला बाट गौतम निकै नै आशावादी छन्। केहि समय अघि चलचित्र ‘पर्पला’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको थियो। कुराकानीको क्रममा आफुले मेहनत गरे अनुसार चलचित्र राम्रो बनेको र ‘पर्पला’ को टिम राम्रो बनेको गौतमले बताए।

निर्माता तथा कलाकार भानु प्रतापको निर्माणमा बनेको चलचित्र ‘पर्पला’मा गौतमको साथमा निखिला बुढाथोकी,रोजी पन्त,अष्ट्रेलियन कलाकार ओल्गा तमरा लगायत कलाकारको अभिनय रहेको छ।

अस्ट्रेलियन छायाँकार कास्मिर डिक्सनले छायाँकन गरेको चलचित्रको सम्पादन सुरेन्द्र पौडेलले गरेका हुन्। रबिन्द्र कुमार शर्मा,डम्बर बहादुर रसाइली,छबी अधिकारी सरोज कुमार वाइबा निर्माता रहेका छन्। सरस्वती गौतम,शृजना ल्वागुन,भिमराज रसाइली,वचन कुमार मल्ल चलचित्रको सह निर्माता रहेका छन्।