फिल्म थर्ड आई हेरेर रोए दर्शक, १०६ जनाले गरे आँखा दान


ब्युटी न्युज नेपाल
चितवन, २० फागुन

सामाजिक सन्देशमुलक नयाँ चलचित्र ‘थर्ड आई’ तयार भएको छ । यो चलचित्रको ल्होसारको अबसर पारेर बिहिबार चितवनमा प्रिमियर गरिएको छ । चलचित्र हेरेपछि फिल्मको सन्देशबाट प्रभावित भएर १०६ जनाले आँखा दानको घोषणा गरेका छन् । मृत्युपछि आफ्नो आँखा दृष्टी बिहिन ब्यक्तिलाई दिनको लागि उनीहरुले अहिले नै आँखा दानको घोषणा गरेका हुन् ।

‘हामीले निर्माण गरेको चलचित्र थर्ड आईको मुख्य सन्देश भनेकै आखा दान गरेर मृत्युपछि दुष्टी बिहिनलाई दृष्टी दिनु हो । यो चलचित्र हेरेर आज १०६ जनाले नेत्रदान गर्नुलाई हाम्रो टिमले प्रेरणाको रुपमा लिएको छ ।’ चलचित्रका निर्माता एवम् लायन्स बिनोद मिश्रले कार्यक्रममा बताए ।

लायन्स क्लब अफ भरतपुर सप्तरँगी थर्ड आई र चलचित्र थर्ड आईका कलाकार प्राविधिक एवम् निर्माण पक्षगरी १०६ जनाले मृत्युपछिका लागि आँखा दान गरेका हुन् । प्रिमियर शोमा यो चलचित्रसँग जोडिएका विभिन्न व्यक्तीहरुलाई निर्माण टिमबाट सम्मानित गरिएको थियो ।

यो चलचित्रका कार्यकारी निर्माता तथा सह अभिनेता केडी प्रसितले जीवन पछि पनि अरुलाई दृष्टी दिन सकिन्छ भन्ने सन्देश प्रस्तुतिका लागि नयाँ चलचित्र ‘थर्ड आई’ निर्माण गरिएको सो कार्यक्रममा बताए । यो चलचित्रलाई अब लायन्स लगायत विभिन्न संस्थाबाट विशेष प्रदर्शनी गरिने र सो बाट उठेको मुनाफाको रकम नेत्र बिहिनहरुलाई आँखा दानको लागि सहयोग गरिने पनि प्रसितले बताए । उनका अनुसार आफ्नो दुई आँखाबाट दृष्टी गुमेपछि अरु कसैसँग लिएको तेश्रो आँखाले पनि जीवनभर देख्न सकिन्छ भन्ने कुरालाई सबैमाझ पु¥याउन यो थर्ड आई निर्माण गरिएको हो ।

चलचित्र थर्ड आईको प्रिमियर शोमा सम्बन्धित कलाकार तथा सिनेकर्मीलाई कदरपत्र प्रदान गर्दै लाइन्स क्लब अफ इन्टरनेशलन ३२५ आरका डिजी सिद्धार्थ लाल सुकेले चलचित्रले दिएको सन्देश निकै सान्दर्भिक भएको बताए । यो फिल्म देखाएपछि लायन्सले धेरै भन्दा धेरैलाई आँखा दान गर्न प्रेरित तुल्याउने विश्वास पनि उनले ब्यक्त गरे ।

चलचित्रलाई युवा निर्देशक आसुतोष अधिकारीले निर्देशन गरेका हुन् । यस फिल्ममा सरोज दाहाल, कमला अधिकारी, केडी प्रशित, रेनुका प्रधान, राजु अधिकारी, बिनोद मिश्र, सुजर पोखरेल, बिमला अधिकारी, राजीव न्यौपाने लगायतको मुख्य भूमिका छ ।

करिब एक घन्टाको यो चलचित्रको कथालाई साहित्यकार आरती अधिकारीले लेखेकी हुन् । जसमा रफी शाहको आलेख, बिमल लामाको संगीत, सम्राट थापाको पाश्र्व संगीत, मन्दिल श्रेष्ठको सम्पादन, सुजन बिसीको छायाँकन रहेछ । अब थर्ड आईलाइ राष्ट्रिय तथा अन्तराष्ट्रिय महोत्सबमा पनि प्रदर्शन गरिने छ ।