ब्युटी न्युज नेपाल
काठमाडौं, १७ फागुन

दिपक बराइली र मिङमा लामाको स्वरमा नयाँ गीत सुख दुखः…को भिडियो सार्वजनिक भएको छ । रवि मल्लले यो गीत लेखेका हुन् । हाँडी गाउँस्थित फ्रेन्च हाउस गार्डेन रेस्टुरेन्टमा भएको एक कार्यक्रममा यो गीतको भिडियो प्रिमियर गरिएको थियो । कार्यक्रममा रेड हर्स प्रोड्क्सनका कानुनी सल्लाकार श्याम रोक्काले शुभकामना व्यक्त गरेका थिए ।

हाईलाइटस् नेपाल नामक युट्युब च्यानलबाट सार्वजनिक भएको यो गीतको भिडियोमा जतीन ताम्राकार र मल्लिका राजोपाध्यायको अभिनय रहेको छ । गीतको भिडियोमा एक अर्कालाई जीवन भरीनै साथ दिने प्रण गरेका दम्पतीको रमाइलो दृश्यहरु देखाइएको छ । गीत नेपालको पूर्वको मनोरम दृश्यहरुमा छायांकन गरिएको छ । गीतलाई शेखर देव घिमिरेले छायांकन तथा सम्पादन गरेका छन् ।

प्रमोद कार्की प्रोडक्सन हेड रहेको गीतमा मेकअप स्वस्तिका श्रेष्ठले गरेकी छिन् । आफ्नो भविष्य कस्तो बनाउने भन्ने दम्पतीका योजनाहरुलाई भिडियोमा समेटिएको छ ।

गीतको प्रिमियर कार्यक्रममा नासाका प्रथम निर्वाचित अध्यक्ष, एटलान्टाका लागि नेपाल सरकारको प्रथम पर्यटन दुत राजा घले, गायक बिजय लामा, एस् .एस. पि चाँदनी घले, सिकिमका राजिनितिकर्मी सेखर सिवा, निर्माता राजेश घतानी, निर्देशक बिभोर पोख्रेल, गायक सपन श्रेष्ठ र रवि गहतराजलगायत अतिथि थिए ।