भोले बाबा भन्दै आए भजनका साथ मनिष रञ्जन


ब्युटी न्युज नेपाल
काठमाडौं, १७ फागुन

आज महाशिवरात्री पर्व हिन्दु धर्मावलम्बीहरुले भगवान शिवको पूजा आरधना गरी मनाइदैछ । यसै क्रममा महाशिवरात्रीको अबसर पारेर भजन गायक मनिष रञ्जन बरालले शिव महिमा सम्बन्धी भजन ‘भोले बाबा शिवरात्री…’ सार्वजनिक गरेका छन् ।

यो भजनमा गायक बरालकै संगीत रहेको छ । यो शिव भजनलाई अग्रज गीतकार सुन्दर पन्तले लेखेका हुन् । उक्त भजनमा राजन कार्कीको संगीत संयोजन तथा ध्वनी मिश्रण रहेको छ ।

यो भजनको भिडियो पनि आकर्षक बनेको छ । भिडियोमा शिवजीको रुपमा सरोज अधिकारीलाई प्रस्तुत गरिएको छ । भिडियोको छायांकन खगेन्द्र रिमाल र महेन्द्र थपलियाले गरेका हुन् । गीतकार सुन्दर पन्तकै निर्देशन रहेको भिडियोलाई प्रेम राज लामिछानेले सम्पादन गरेकाहुन् । भजनको भिडियोलाई मनिष रन्जन बराल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।