‘हेल्लो जिन्दगी’ को ट्रेलर रिलिज


ब्युटी न्युज नेपाल
काठमाडौं, १६ फागुन

चलचित्र ‘हेल्लो जिन्दगी’ यही ११ चैतबाट देशव्यापी रिलिज हुने भएको छ । यसै क्रममा यो चलचित्रको ट्रेलर सोमबार सार्वजनीक गरिएको छ । यो चलचित्रको सवा दुई मिनेट लामो ट्रेलरमा लभ,रोमान्स,एक्शन,कमेडी र सेन्टिमेन्ट्सको ‘प्याकेज’ देखिन्छ ।

सत्य घटनाबाट प्रभावीत फिल्मको अधिकांश छायांकन बेलायत गरिएको हो । महंगो बजेटमा निर्माण भएको फिल्मको निर्माता बिक्रम डि जोशी र हिराल जोशी हुन् भने कार्यकारी निर्मातामा सृजना जोशी महर्जन अनि सहनिर्मात्रीमा सबिता गुरुङ छिन् ।

एभरेष्ट सूर्य बोहराको निर्देशनमा यो चलचित्र बनेको हो । फिल्मको ट्रेलरमा अभिनेता बिक्रम डि जोशी, प्रियंका कार्की, दीपीका प्रसाईं, विल्सन बिक्रम राई,बिक्रान्त बस्नेत र निर्देशक बोहरा स्वयम् प्रस्तुत छन । महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मस्सँगको सहकार्यमा बिरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्ममा डि क्रिएटिभ स्टुडियो,युके र काम्मा इन्टरटेन्मेन्ट,इन्डिया लाइन प्रोड्युसर छन् ।

निर्देशक बोहरा र बिक्रम डि जोशीको कथा र निर्देशक बोहरासहित अभिमन्यु निरवीको पटकथा,सम्वाद रहेको फिल्म पुरुषोत्तम प्रधानले खिचका हुन् । राजनराज शिवाकोटी र एलिस कार्कीको संगीत रहेको फिल्मको गीतकार पनि निर्देशक बोहरा स्वयम् हुन् । कोरियोग्राफी भारतीय फिल्मका चर्चित कोरियोग्राफर बिष्णु देवाले गरेका छन् । अत्याधीक भिएफएक्स प्रबिधिको उपयोग गरिएको फिल्ममा बिक्रम डि जोशी, प्रियंका कार्की,दीपीका प्रसार्इँ,विल्सन बिक्रम राई,एभरेष्ट सूर्य बोहरा,बिक्रान्त बस्नेतका साथमा सबिता गुरुङ,सनमकुमार बैराग,जानकी पन्त (जुन),ध्रुव दत्त,कुमुद पन्तलगायतको अभिनय छ ।

सम्राट बस्नेतको द्धन्द्ध निर्देशन रहेको फिल्मको सम्पादन मित्र डि.गुरुङले गरेका हुन । फिल्मको ट्रेलरले अहिले चर्चा पाइरहेको छ । केही दिनमै फिल्मको पहिलो गीत सार्वजनीक गरिने जानकारी निर्देशक बोहराले दिएका छन् ।