शनिबारबाट मदनकृष्णको ‘कर्म’ गुण सिनेमामा


ब्युटी न्युज नेपाल
काठमाडौं,१४ फागुन

बौद्ध कथामा आधारित नेपाल भाषाको फिल्म ‘कर्म’ शनिबारबाट गुण सिनेमा हल,ग्वार्काेमा प्रदर्शन सुरु भएको छ । यो फिल्म अब त्यहाँ एक महिनासम्म प्रदर्शन हुने भएको छ ।

गुण समूहले निर्माण गरेको फिल्ममा वरिष्ट अभिनेता मदनकृष्ण श्रेष्ठ,कर्म शाक्य, आशिष्मा नकर्मी, नारायणदेवी प्रधान,यमन श्रेष्ठ,कृष्णभक्त महर्जन,लुनिभा तुलाधर,वत्स शाक्य,रजनी खड्गी,अन्नपूर्णेश्वरी श्रेष्ठ,रुमन जोशी,अजय श्रेष्ठ,सुशील शाक्य,राजु मानन्धर,पुरन सायमीलगायतले अभिनय गरेका छन् ।

रामकृष्ण खड्गीको पटकथा, सम्वाद तथा निर्देशन रहेको फिल्मको निर्माता राजेन्द्र शाक्य (दिजेन्द्र) हुन् । पहिलो दिनको बिशेष शोमा अभिनेता कर्म शाक्य, यमन श्रेष्ठ,कृष्णभक्त महर्जन,निर्माता छबिराज ओझालगायतका कलाकार उपस्थित थिए । निर्माता दिजेन्द्रले यो फिल्मले गर्ने सम्पूर्ण आम्दानी बौद्ध बिहारहरुको जिर्णाेद्धार,संरक्षण तथा सम्बद्र्धनमा लगाइनुका साथै बिभिन्न समाजीक संस्थालाई प्रदान गरिने जानकारी दिए । निर्देशक रामकृष्णले फिल्म अब निरन्तर एक महिना गुण सिनेमा प्रदर्शन हुने बताए ।

यसै समूहले यसअघि पनि बौद्ध कथामा ‘पटाचारा’ र ‘कृषा गौतमी’ फिल्म निर्माण गरेको थियो । दुवै फिल्मको आम्दानी सामाजीक कार्यमा लगाइएको थियोे । लुःज सिंहले खिचेको ‘कर्म’ को सहनिर्माता दिप्रश शाक्य छन् । रामकृष्ण,बालकृष्ण र राजु तुलाधरको संगीत रहेको फिल्मको सम्पादन र पाश्र्व संगीत सृजना बालकृष्ण बंशीले गरेका हुन् ।