ब्युटी न्युज नेपाल
काठमाडौं, १५ फागुन

अभिनेता पल शाह यतीबेला जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा छन् । तनहुँ जिल्ला अदालतले पललाई अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न आईतबार म्याद थप गरेको हो । एक नावालिक गायिकालाई जबर्जस्ती करणी सम्बन्धी मुद्धामा पललाई हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप भएको छ । आइतबार जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएपछि उनलाई म्याद थपका लागि अदालत लगिएको थियो ।

ति नावालिक गायिकाले नाबालिकाले गत फागुन ११ गते शाहविरुद्ध जाहेरी दिएकी थिइन् । चलचित्र म यस्तो गीत गाउँछु २ को व्यापारमा असर पर्छ भनेर आफुले तीन दिनसम्म पक्राउ प्रहरी सामु समर्पण नगरेको अभिनेता पलले बताएका छन् ।

तनहुँ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता युवराज खड्काले शाहविरुद्ध आवश्यक अनुसन्धान हुने बताए । प्रहरीले अधिकतम २५ दिनसम्म शाहलाई हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ । आफैं तनहुँ पुगेर आईतबार बिहान प्रहरी सामु गिरफ्तारी दिएका थिए । त्यसपछि उनलाई जिल्ला अदालत तनहुँ लगेर प्रहरीले म्याद थप गरेको हो ।