द मम–व्युटी कन्टेस्टमा रमा उत्कृष्ट, सरिताले नचाईन दर्शक


ब्युटी न्युज नेपाल
काठमाडौं, १५ फागुन

आमा भइसकेका सकेका नारीलाई लक्षित गर्दै आयोजना गरिएको सौन्दर्य प्रतियोगिता ‘द मम–व्युटी कन्टेस्ट’को शीर्ष उपाधि रमा खड्का पौडेलले हाँसिल गरेकी छिन् । शनिबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा उनले ताजसँगै विधागततर्फको ‘मस्ट पपुलर’ अवार्डसमेत हात पारिन् । उनले उपहार स्वरुप २५ हजार रुपैंयाँ र अन्य विभिन्न उपहार पाईन् ।

पूर्व सुचना तथा प्रविधि एवम् उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादव प्रमुख अतिथी रहेको सो प्रतियोगितामा विधागततर्फ निलिमा बजगाईं उप्रेतीले ‘अडियन्स च्वाइस’ र ‘बेस्ट स्माइल’, ललिता शेर्पा ‘ट्यालेन्ट’, ‘बेस्ट पर्सनालिटी’ र ‘मस्ट फोटोजेनिक’, दिपिका पौडेलले ‘कन्फिडेन्ट’, सिलसिला गुरुङ ‘डिसिप्लिन’, सरस्वती डंगोल महर्जनले ‘इनोसेन्ट’ अवार्ड हाँसिल गरे ।

रोजिन शाक्यको कोरियोग्राफी रहेको प्रतियोगितामा राजकुमार छेत्री, सोना अमात्य, डा. अर्पन शाह, अभिनेता रमेश उप्रेती, रेजिना तुलाधर, अंकिता श्रेष्ठ निर्णायक थिए । मोडल सङ्स नेपालले आयोजना गरेको सो प्रतियोगिताको सञ्चालन रोजिन शाक्यले गरेका थिए ।
आयोजक संस्थाका अध्यक्ष डेविल सिंह राजपुतले आमा भईसकेकी नारीको आन्तरिक सौन्दर्यलाई बाहिर ल्याएर आधुनिक समाजका अवसरहरूलाई नेपाली पारामा ‘ब्लेण्ड’ गर्दै लैजाने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए ।

सो कार्यक्रमको फाईनलमा गायिका सरिता भारतीले मेरो जवानी..गीत गाएर दर्शकलाई नचाईन् । यस्तै अभिनेत्री साक्षी लम्सालले आकर्षक नृत्य पस्केर दर्शकको मन जितिन् ।

प्रतियोगिताको कोओर्डिनेटर सोमराज बास्तोला थिए । कार्यक्रममा अभिनेता भुवन केसी, कलाकार किरण केसी, हेलिकप्टर सोसाइटी अफ नेपालका महासचिव योगराज कँडेल शर्मालगायतको उपस्थिति थियो ।