प्रहरीले निर्देशक सुदर्शन थापालाई पक्राउ पछि सोधपुछ गर्दै


ब्युटी न्युज नेपाल
काठमाडौं, १४ फागुन

हाल फरार रहेका अभिनेता पल शाह अभिनीत फिल्म ‘म यस्तो गीत गाउँछु २’ का निर्देशक तथा निर्माता सुदर्शन थापालाई प्रहरीले आज दिउँसो नियन्त्रणमा लिएको छ । अभिनेता पल शाहको बारेमा सोधपुछ गर्नका लागि प्रहरीले शनिवार नियन्त्रणमा लिएको बताईएको छ ।

पत्रकार ऋषी धमलाका अनुसार निर्देशक सुदर्शन दिउँसो १ बजे प्राईम टाइम टेलिभिजनको कार्यक्रम ‘धमलाको हमाला’ मा अन्तर्वार्ता दिन पुगेका थिए । उनले अन्तरवार्ता दिएर प्राईम टेलिभिजनको कार्यालयबाट बाहिर निक्लने क्रममा सोधपुछका लागि भन्दै सुदर्शनलाई प्रहरीले नियन्त्रणमा लिएको धमलले बताएका छन् । प्रहरीले सुदर्शनको फोन समेत नियन्त्रणमा लिएर छ । महानागरीय प्रहरी बृत्त नयाँ बानेश्वरमा सुदर्शनलाई अहिले प्रहरीले सोधपुछ गरिरहेको छ । अभिनेत्री पूजा शर्मालाई पनि सोधपुछका लागि नियन्त्रणमा लिने तयारीमा प्रहरी छ ।

जबर्जस्ती करणीको अरोपमा १७ वर्षिय नाबालिग गायिकाले तनहुँ (दमौली) को जिल्ला प्रहरी कार्यालयमा पल शाह बिरुद्ध जाहेरी दिएकी छिन् । बुधबार बेलुकाबाट पल शाह फरार छन् । प्रहरीका अनुसार, पलको अन्तिम लोकेसन बुधबार राति साढे १० बजे बालकुमारीमा देखिएको थियो । सो समयमा उनले मोवाइल अन गरेका थिए ।

करणीको आरोपमा जाहेरी परेपछि प्रहरीले पललाई तीव्र रुपमा खोजिरहेको छ ।  प्रहरीले देशभरका प्रहरी कार्यालयमा उनलाई पक्राउ गर्न सर्कुलर समेत जारी गरेको छ । तर, तीन दिन वितिसक्दा पनि उनी पक्राउ पर्न सकेका छैनन् ।