ब्युटी न्युज नेपाल
काठमाडौंँ, १३ फागुन

चाल जना कलाकारको स्वरमा नयाँ गीत ‘म त परे पूर्वको’ को भिडियो सार्वजनिक भएको छ । यो गीत गायकद्वय प्रवीण भेडवाल, वसन्त थापामगर र गायिकाद्वय रचना रिमाल तथा सुशीला पाठकको स्वरमा छ । गीतमा वसन्त थापामगरको शब्द तथा संगीत छ । यसलाई दिनेश श्रेष्ठको एरेञ्ज गरेका हुन् ।

समन अधिकारी निर्देशित भिडियोमा स्मारिका र समारिका ढकाल, संयक जुनियर अधिकारी र निर्जन न्यौपानेको अभिनय छ । भिडियोमा नरेशवीर सिंहको कोरियोग्राफी, नवराज पौडेलको प्रोडक्सन, अनिल कटवालको ड्रोन, नवराज उप्रेतीको छायांकन र सुप्रिम पराजुलीको सम्पादन छ ।

भिडियोमा वसन्त थापामगर प्रस्तुतकर्ता रहेका छन् । वसन्त लामो समयदेखि अमेरिकामा बस्दै आएका छन् । भिडियोमा टेक्सास इन्टरनेसनल कलेज, मित्रपार्क भेषराज पोखरेल र श्यामसुन्दर श्रेष्ठको विशेष सहयोग छ । भिडियो माउण्ट एभरेष्ट डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।