मुस्ताङको कागबेनीमा लाखेको क्लाइमेक्स


ब्युटी न्युज नेपाल
काठमाडौंँ, १३ फागुन

काठमाडौंबाट गत महिना छायाँकन सुरु गरिएको चलचित्र ‘लाखे’को यतीबेला युनिट मुस्ताङ पुगेको छ । मुस्ताङको कागबेनीलगायत बिभिन्न मनोरम दृश्य समेटिने गरेर फिल्मको क्लाइमेक्स छायांकन भइरहेको कार्यकारी निर्माता हरि मल्ल ठकुरीले बताए । सोही कारण फिल्मको क्लाइमेक्स छायांकनका लागि निर्माण युनिट मुस्ताङ पुगेको हो ।

लाखेको क्लाइमेक्स कसैले नसोचेको बिषेश भएको निर्माता ठकुरीले बताए । त्यसैले पनि आफुहरुले मुस्ताङ रोजेको उनको कथन छ । सौगात मल्ल, अनुप विक्रम शाही, आर्यन अधिकारी, सुशील सिटौला, रोहित रुम्बालगायत कलाकार क्लाइमेक्सका लागि मुस्ताङ पुगिसकेका छन् । अभिनेत्री बर्षा राउत, अर्पण थापा, प्रशान्त ताम्रकारलगायत भने केही दिनमा पुग्दैछन् ।

सम्राट बस्नेतको निर्देशक रहेको ‘लाखे’ मल्टिस्टार कलाकारले भरिएको फिल्म हो । मुस्ताङको क्लाइमेक्स सकाएर फिल्म फेरि काठमाडौँमा केही दिन छायांकन हुने निर्माण युनिटले जानकारी दियो ।

ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर तथा औरियन प्रोडक्सनको ब्यानरमा निर्माण भइरहेको फिल्मका निर्माता सिजन अर्याल हुन् । कथासमेत निर्माता अर्यालकै रहेको फिल्मको गणेश मल्ल ठकुरी (जिएम) प्रस्तुतकर्ता र हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेका छन् ।