आकाशे खेतीको ट्रेलर रिलिज


ब्युटी न्युज नेपाल
काठमाडौं, १३ फागुन

चलचित्र आकाशे खेतीको ट्रेलर सार्वजनिक गरिएको छ । प्रदर्शनीको मिति नजिकिँदै गर्दा यो चलचित्रको ट्रेलर यतीबेला रिलिज गरिएको हो । यहि फागुन २७ बाट यो चलचित्र प्रर्दशनमा आउने भएको छ । चलचित्र आकाशे खेतीमा गौरव पहारी ,निता ढुंगाना, विल्सन बिक्रम राइ , बुद्धि तामाङ , रमा लिम्बु , शिशिर वाङदेल , जयनन्द लामा, लक्षु शर्मा , प्रकाश शर्मा , कृषा गुरुङ , अनुप याक्सो, रजनी गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ ।

ट्रेलरले यो चलचित्र एक्सन कमेडी जनरामा निर्माण भएको जनाउँछ । फिल्म निकै रमाईलो बनेको देखिन्छ । मुलुकमा जारी विभिन्न तस्करीलाई कथामा समेटिएको ट्रेलरबाट प्रस्ट हुन्छ । चलचित्रका लेखक निर्देशक उदय सुव्वा हुन् । अहिलेको समसामयिक कथामा यो चलचित्र निर्माण गरिएको उदयले बताएका छन् ।

एस एस इन्टनेशनल फिल्मस् र तक्मे प्रोडक्सनको व्यानरमा निर्माण भएको यस चलचित्रलाई केदार उप्रेती, जिवन सुव्वा, राजेन्द्र चोङवाङ र दिल प्रकाश याक्सोले निर्माण गरेका हुन् । चलचित्रलाइ छायांकन बिक्रम डिसि, द्वन्द राजु किराती, नृत्य रामजी लामिछाने र राजिवको र सम्पादन सुजन बडालको रहेको छ ।