‘ए हो सोल्टिनी’ मा प्रध्यापक सरोज र पवित्रा


ब्युटी न्युज नेपाल
काठमाडौं, १२ फागुन

नयाा गीत ‘ए हो सोल्टिनी’ को भिडियो सार्वजनीक गरिएको छ । कोहलपुरका बिभिन्न रमणीय स्थलमा खिचिएको भिडियो रमाईलो बनेको छ । बलु तामाङको स्वरमा रहेको गीतको शब्द र संगीत गायक बलु स्वयम् र सुनील सागरले सृजेका हुन् ।
कोहलपुर मोडल कलेजका प्राध्यापक सरोजबाबु पंगेनी र पवित्रा सुनार अभिनीत भिडियोको छायांकन,सम्पादन र निर्देशन कुन्दन चन्दले गरेका हुन् ।

इश्वर रिजालले निर्माण गरेको भिडियो एसके मिडिया अफिसियलमार्फत दर्शकमाझ ल्याइएको हो । प्रध्यापनका साथै मोडलिङ र अभिनयमा समेत रुचि राख्ने पंगेनीले आफ्नो पहिलो प्रस्तुतिबाटै दर्शकको माया पाउने बिश्वास लिएका छन् ।