अभिनेता पल शाह बिरुद्ध जबरजस्ती करणीको उजुरी


ब्युटी न्युज नेपाल
काठमाडौं, ११ फागुन

अभिनेता पल शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा बलात्कारको मुद्दा दायर भएको समाचार प्राप्त भएको छ । नाबालिग गायिका समीक्षा अधिकारीले नायक पल शाहविरुद्ध प्रहरीमा उजुरी दिएकी छन् । बुधवार समीक्षाले जबर्जस्ती करणी मुद्दामा जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएकी हुन् । उनी प्रहरीमा उजुरी दिन दिदी र भिनाजुको साथमा पुगेकी थिइन् ।

यस अगाडि जिल्ला प्रहरी कार्यालय कास्कीमा शाहविरुद्ध जाहेरी दर्ताको प्रयास भएको थियो। कास्कीले आफ्नो कार्यक्षेत्र नपरेको भन्दै एक महिना अगाडि नै तनहुँमा जाहेरी दर्ता गर्न सुझाव दिएको थियो।

ती नाबालिगले जाहेरी दर्ता गर्न लागेको सूचना पाएपछि शाह पोखरा पुगेर फकाएका थिए। काठमाडौँ आएपछि पनि उनले ती नाबालिगलाई होस्टायल गरेर राख्ने लगायतका गतिविधि गरिरहेको बेला शाहले’ गर्लफ्रेन्ड र ब्वाइफ्रेन्डविरुद्ध शारीरिक सम्पर्क सामान्य हो। गर्भवती छौँ र’ भनेर ती नाबालिग गायिकालाई तर्साएको अडियो सार्वजनिक भएको थियो।

गायिकाले उजुरी दिन सक्ने जोखिम देखेर शाहले उनलाई आफुसँगसँगै लिएर हिँडेका थिए। बुधवार उनी घर जान्छु भनेर पोखरा पुगेकी थिइन् । त्यहाँबाट पारिवारिक सल्लाह गरेर तनहुँ पुगेर जाहेरी दर्ता गराइन् । नेपालको कानुन अनुसार १८ वर्ष मुनीकासँग सहमतिमै पनि शारीरिक सम्पर्क राख्न बलात्कार हो। सार्वजनिक भएको अडियोबाटै शाहले ती नाबालिगसँग शारीरिक सम्बन्ध राखेको पुष्टि हुन्छ।