आगामी दशैंको लागि अनमोलको हनी बनी रिलिज तय 


ब्युटी न्युज नेपाल

काठमाडौं, ८ फागुन

आगामी वर्षको दशैंका लागि अभिनेता अनमोल केसी अभिनित फिल्म ‘हनी बनी’ रिलिज हुने भएको छ । निर्माण पक्षले आईतबार एक पोष्टर जारी गर्दै यो सिनेमा आगामी दशैं अर्थात असोज १४ गतेबाट देशभरका हलमा रिलिजको घोषणा गरेको हो ।

फिल्ममा अनमोल केसी र सलोन बस्नेत चयन भईसकेका छन् । अरु कलाकारको चयन जारी छ । दीवाकर भट्टराईको निर्देशक रहने सिनेमा आगामी चैतबाट बेलायत देखि छायाँकन सुरु हुनेछ । सिनेमालाई पुरुषोत्तम प्रधानले छायांकन गर्नेछन् । अधिकांश छायांकन लण्डनमा गरिने छ ।

एबी इन्टरनेशलको प्रस्तुती रहने सिनेमामा गौतम प्रोडक्सन र भ्वाइस फिल्मस् लिमिडेटले सहकार्य गरेका छन् । अमित बस्नेत, अजित केआर थापा र परी राना निर्माता रहेको सिनेमाको कार्यकारी निर्मातामा अंकित गौतम छन् । बेलायतमामा छायांकन हुने सिनेमाको लागत ७ करोड अनुमान गरिएको छ ।  सिनेमामा अभिनय गर्ने अन्य कलाकारहरुको पनि चाँडै टुंगो लाग्ने निर्माता अजित कुमार थापाले बताएका छन् ।