अस्मिता जुरेलीको स्वरमा खोजे मैले मायालाई


ब्युटी न्युज नेपाल
काठमाडौं, ८ फागुन

रेशलर, गायिका तथा नायिका अस्मिता जुरेलीले नयाँ गीत ’खोजे मैले मायालाई…’को भिडियो श्रोतामाझ ल्याएकी छिन् । यो गीतको भिडियोमा पनि अस्मिता आफैंले मुख्य भूमिका निर्वाह गरेकी छिन् । गीत जती मिठो बनेको छ, अभिनय पनि त्यत्तिकै राम्रो बनेको छ ।

गीतको अडियो तथा भिडियो निकै बलियो भएकाले दर्शकको मन जित्ने विश्वास अस्मिता जुरेलीलाई छ । कोय दिलिपको शब्द तथा संगीत रहेको गीतका प्रोडक्सन डिजाइनर रामजी रावत हुन् ।

समीर मियाँको निर्देशनमा निर्माण भएको म्युजिक भिडियो टंक बुढाथोकी युट्युव च्यानलबाट रिलिज गरिएको हो । मनोज लामाको मेकअप रहेको गीतमा निर्देशक मियाँको कलर तथा भिएफएक्स, बबिन थापा मगरको छायांकन र बन्दे प्रसादको सम्पादन छ ।