बसको ठक्करबाट बालाजुमा दुई पैदलयात्रुको मृत्यु


ब्युटी न्युज नेपाल
काठमाडौं ५ फागुन

आज बहिन काठमाडौँ महानगरपालिका–१६ बालाजुस्थित गङ्गा हल अगाडी एउटा यात्रुबाहक बसले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मृतकहरुमा नुवाकोटका १८ वर्षीय विकास तामाङ र बालाजु सुकुम्बासी बस्तीकी ५० वर्षीया दुर्गामाया थापा रहेका छन् ।

काठमाडौँको बालाजुमा पैदल हिडेको अबस्थामा दुबै यात्रुलाई सबले ठक्कर दिएको थियो । सो दुर्घटनामा गम्भीर घाइते तामाङ र थापाको उपचारका लागि त्रिभुवनविश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज भर्ना गरिएको थियो । उपचारको क्रममा दुबैको निधन भएको महानगरीय प्रहरी वृत्त बालाजुका प्रमुख, प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए । तामाङ र थापालाई ठक्कर दिने बसका चालक फरार छन् । उनको खोजी भइरहेको मिश्रले बताए ।