चलचित्र निर्देशक रेशराज आचार्य रहेनन


ब्युटी न्युज नेपाल
काठमाडौं, ५ फागुन

नेपालीचलचित्र निर्देशक रेशराज आचार्यको आज निधन भएको छद्ध । आचार्यको बिहिबार बिहान हृदयाघातका कारण निधन भएको उनका परिवारजनले बताएका छन् ।

६३ वर्षीय निर्देशक आचार्यलाई हृदयाघात भएपछि ओम अस्पताल लगिएको तर यहाँ लगेको आधा घन्टामा नै उनको मृत्यु भएको थियो । आचार्यका एक छोरा र श्रीमती छन् । उनको बिहिबार बिहान पशुपति आर्याघाटमा दाहसँस्कार सम्पन्न भएको छ ।

विराटनगर मुल घर भएका आचार्यले ‘मायालु’ बाट कलाकारको रुपमा नेपाली सिनेमामा प्रवेश गरेका थिए । त्यसपछि आचार्यले चलचित्र ‘तिलहरी’ बाट सहायक निर्देशकको रुपमा निर्देशन यात्रा सुरु गरेका थिए । यो फिल्मका निर्देशक बन्नी प्रधान थिए ।

गोपीकृष्ण मुभिजको ब्यानरका धेरै सिनेमा निर्देशन गरेका छन् । निर्देशक आचार्यले ‘टुहुरो’, ‘आमा’, ‘बन्धन’, ‘धर्मसंकट’, ‘माटो बोल्छ’, ‘प्रितिको फुल’, यो कस्तो साईनो लगायतका १५ सिनेमामा निर्देशन गरेका छन् ।