गीतकार निर्माता अनु शाह र सञ्चारकर्मी सूर्य चन्द वैवाहिक सम्बन्धमा


ब्युटी न्युज नेपाल
काठमाडौं, ३ फागुन

चलचित्र निर्माता तथा गीतकार अनु शाह र संचारकर्मी, कलाकार निर्देशक सूर्य चन्द दाम्पत्य सम्बन्धमा बाँधिएका छन्। यी दुईले केही समय अगाडि नै पारिवारिक रुपमा विवाह सम्पन्न गरेका हुन् । तथापी यी दुईले आफ्ना विवाहका तस्बीरहरु भर्खरै मात्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । आफुहरुले पोखराको बाराही मन्दिरमा पुगेर औपचारिक रुपमा विवाह गरी बाबु आमाबाट आशिर्वाद लिएको बताएका छन् ।

गीतिलेखनका अलावा चलचित्र निर्माण, साहित्य लेखनबाट परिचित रहेकी अनु शाह चलचित्र तथा संगीत उद्योगमा परिचित छन् । गीतकार शाह अमेरिकास्थित बोस्टनको एक विद्यालयमा अध्यापन गराउँदै आएकी छन् । गीतकार शाहद्वारा निर्माण गरिएका चलचित्र भीमदत्त रिलिज भइसकेको छ । यस्तै उनले निर्माण गरेको चलचित्र उफ् यो मन, सुक्का माना रिलिजको तयारीमा रहेको छ । सोही चलचित्रका गीतहरु उनले लेखेकी छन् । उनका दुई सय भन्दा बढी गीतहरु बजारमा आइसकेका छन् भने उपन्यास, कविता, गजलहरु पनि प्रकाशित भइसकेका छन् ।

नेपाली मनोरञ्जन क्षेत्रमा संचारकर्मका माध्यमले चर्चा कमाएका सूर्य चन्द आफैंमा राम्रा कलाकार, म्यूजिक भिडियो निर्देशक एवं समाजसेवी व्यक्तित्व हुन् । संचारकर्मी सूर्य चन्द पछिल्लो समय नेपाली कला क्षेत्रमा विभिन्न अवार्ड तथा सम्मानका लगायतका इभेन्ट आयोजना गर्दै आएका छन् । चन्द चलचित्र कलाकार संघका प्रेस सल्लाहकार हुन् भने विभिन्न सामाजिक संघसंस्थामा रहेर कार्य गर्दै आएका छन् । दुबैलाई सफल दाम्पत्य जीवनको लागि हाम्रो शुभकामना ।