विवाह गरिन् रेखा थापाले


ब्युटी न्युज नेपाल
काठमाडौं, २ फागुन

नायिक रेखा थापा वैवाहिक सम्बन्धमा बाँधिएका छन् । केही दिन अघि कानूनी विवाह गरेकी रेखाले प्रणय दिवसको दिन सोमबार आफ्नो विवाहको खबर सार्वजनिक गरेकी हुन् । जाजरकोट स्थायी घर भएका बलराम शाहीसँग अभिनेत्री रेखा वैवाहिक सम्बन्धमा बाँधिएकी हुन् ।

लामो समयदेखि इजरायल बस्दै आएका शाहीसँग रेखा एक वर्ष अघिदेखि प्रेम सम्बन्धमा थिईन् । सो प्रेम सम्बन्धलाई उनले विवाह गर्दै सार्थक तुल्याएकी छिन् । यसै साता आफुहरुले कानूनी विवाह गरे पनि प्रणय दिवसको अबसर पारेर आज मात्र विवाहको बारे सार्वजनिक गरेको उनले बताएकी छिन् । केही समयदेखि पर्यटन व्यबसाय गर्दै आएका बलरामले रेखालाई विवाहपछि पनि फिल्ममा अघि बढ्न सहयोग गर्नेछन् । रेखा र बलराम भएर चाँडै नयाँ फिल्म निर्माणमा जुट्ने छन् ।

रेखा थापाले केही दिन अघि नै आफुहरु विवाहको तयारीमा रहेको बताएकी थिईन् । एक वर्ष भन्दा लामो समयदेखि प्रेम सम्बन्ध रहँदै आएकाले त्यसलाई सार्थकता दिन पनि आफुहरु यतीबेला दाम्पत्य सम्बन्धमा बाँधिएको यी अभिनेत्रीको कथन छ ।