कक्रोज र पेरिसाको मनमा शितलो


ब्युटी न्युज नेपाल
काठमाडौं, १ फागुन

प्रणय दिवसको अबसर पारेर नयाँ गीत ‘मनैमा शितलो…’को भिडियो सार्वजनिक भएको छ। ‘भिडियो भकारी’को प्रस्तुती रहेको गीतमा प्रशान्त पौडेलको शब्द संगित रहेको छ । गीतलाई प्रविन भट्ट र पूजा देवकोटाले गाएका हुन् ।

भिडियोमा हरिस निरौला ‘कक्रोज’ र पेरिसा कडेँलको अभिनय छ । प्रायः जसो लामो लट्टा परेको कपालमा देखा पर्ने ‘कक्रोज’ यस गीतमा भने फरक भूमिकामा प्रस्तुत भएका छन् । गाउँले परिवेशलाई चित्रण गरिएको भिडियोमा घाँसदाउर गर्ने साधारण युवाको भूमिकामा ‘कक्रोज’लाई देख्न सकिन्छ । उनको फरक रुपलाई दर्शकहरुले तारिफ गरेका छन् ।

गीत लोक आधुनिकको फ्युजनमा बनेको छ। सागरबाबु भट्टको कथा तथा निर्देशनमा बनेको भिडियोलाई प्रविन भट्टले सम्पादन गरेका छन्। दिनसन शाहको रंग संयोजन रहेको भिडियोलाई अजय रेग्मीले खिचेका हुन् ।