ब्युटी न्युज नेपाल
काठमाडौं, २६ माघ

चलचित्र ‘म यस्तो गीत गाउँछु–२’ अब नयाँ मितिमा रिलिज हुने भएको छ । यस अघि यो फिल्मको रिलिज मिति १९ माघ घोषणा गरिएको थियो । त्यतिबेला कोरोना महामारीका कारण हल बन्द रहेपछि म यस्तो गीत गाउँछु २ लाई अब १३ फागुनमा रिलिज गर्न लागिएको हो ।
यसका निर्माता निर्देशक सुदर्शन थापाले यो चलचित्रलाई अब १३ फागुनबाट देशव्यापी रिलिज गर्न लागिएको बताएका छन् ।

१ फागुनबाट सिनेमा हल खुल्ने भएपछि १३ फागुनबाट रिलिज गर्न लागिएको पनि उनले बताएका छन् । यो चलचित्रमा पल शाह, पुजा शर्मालगायतको मुख्य भूमिका छ । चलचित्रका निर्माता पुजा शर्मा पनि हुन् ।