ब्युटी न्युज नेपाल
काठमाडौं, २६ माघ

निर्देशक दीपेन्द्र के खनालले आफ्नो नयाँ चलचित्र ‘चिसो मान्छे’को रिलिज मिति सारेका छन् । यो चलचित्रको यस अघि ३० बैशाखमा रिलिज गरिने भनिएको थियो । तर त्यो मितिमा अन्य चलचित्र रिलिज हुने भएकाले उनले चिसो मान्छेको रिलिज सारेर ३ असार पु¥याएका हुन् ।
यो चलचित्रलाई शर्मिला मल्लले निर्माण गरेकी हुन् । बैदेशिक रोजगारीको समस्यामा केन्द्रित यो चलचित्र आफ्नो एउटा फरक चलचित्र भएको निर्देशक खनालको भनाई छ । पशुपति प्रसाद, आमा जस्तै यो फरक शैलीको फिल्म भएको पनि उनले बताएका छन् ।

यो चलचित्रमा मुख्य भूमिकामा अभिनेत्री स्वस्तिमा खड्का रहेकी छिन् । स्वस्तिमाको एकल तस्बिर साहितको पोष्टर सार्वजनिक गर्दै यसको नयाँ रिलिज मिति तय गरिएको छ ।