बोलीमा गोली ठाक्दै नम्रता र बुद्ध


ब्युटी न्युज नेपाल
काठमाडौं, २४ माघ

युवा गायक बुद्ध मोक्तान र अभिनेत्री नम्रता सापकोटाले बोलीबाटै गोली ठोकेका छन् । नयाँ गीत बोलीमा गोली…’को म्युजिक भिडियोमा उनीहरुले बोलीबाट गोली ठोकेका हुन् । यो गीतको भिडियो सार्वजनिक भएको छ ।

सन्ध्या सुस्केरा मोक्तानको शब्द र प्रकाश तामाङ ’तितुंग’ को संगीत रहेको गीतलाई बुद्ध मोक्तान आफैंले गाएका हुन् । जिग्मे मिडियाको युट्युब च्यानलबाट सार्वजनिक गीतको भिडियोलाइ रिलिज संगै सकारात्मक प्रतिक्रिया आएको छ । गायक बुद्धका यसअघिका गीतहरुलाई पनि दर्शकको राम्रो साथ रहेको थियो ।

भिडियोमा नायिका नम्रता सापकोटासँग गायक बुद्ध स्वयमले अभिनय गरेका छन् । सिन्धुलीको रमणीय स्थलमा छायांकन गरिएको भिडियोमा धन योञ्जन तामाङको सिनेमाटोग्राफी ,माधव बेलबासेको सम्पादन र मोहन अधिकारीको निर्देशन रहेको छ ।