शिल्पा मास्के बन्ने भईन परस्त्री


ब्युटी न्युज नेपाल
काठमाडौं, २५ माघ

अभिनेत्री शिल्पा मास्के परस्त्री बन्ने भएकी छिन् । सुरज पाण्डेको डेव्यु निर्देशन रहने सिनेमा ‘परस्त्री’को मुख्य भुमिकामा उनी अनुबन्धित भएकी छन् । यो चलचित्रमा उनी अभिनेता कोशिस क्षत्रीको जोडी बन्ने छिन् । कोशिस सिनेमाको मुख्य भुमिकामा यसअघि नै फाइनल भैसकेका थिए । फागुन तेस्रो साताबाट फ्लोरमा जाने सिनेमा नेपालीसँगै हिन्दी भाषामा समेत निर्माण गरिनेछ ।

सिनेमाको मुख्य भुमिकाको लागि अझै एक अभिनेता र अभिनेत्रीको खोजी भैरहेको निर्माता तथा लेखक दीपेन्द्र कुमार खनालले बताए । छिटै सिनेमाको मुख्य कलाकार छनोट कार्य सकेर वर्कसप गरिने निर्माता खनालको भनाई छ । हाल धमाधम सिनेमाको प्रि–प्रोडक्सनको काम भैरहेको छ ।

डिएस डिजिटलको व्यानरमा निर्माण गरिने सिनेमाकी प्रस्तुतकर्ता शर्मिला पाण्डे हुन् । सम्पुर्ण छायांकन गरिने सिनेमालाई निरज कँडेलले छायांकन गर्नेछन् । निर्देशक खनालले निर्मात्री शर्मिला पाण्डेसँग मिलेर निर्माण गरेको सिनेमा ‘चिसो मान्छे’ प्रदर्शनको तयारीमा छ । यो सिनेमा आगामी वर्षको बैशाख ३० गतेबाट प्रदर्शनमा आउनेछ ।