डम्बरले ल्याए किन यसरी…


ब्युटी न्युज नेपाल
काठमाडौं, २५ माघ

नेपाली गीत ‘किन यसरी’को भिडियो रिलीज भएको छ । नेप्सिनेको प्रस्तुती रहेको यो गीतमा डम्बर खनाल ‘आर्यन’को शब्द, संगीत तथा स्वर रहेको छ । यो गीतको भिडियोलाई विधान कार्कीले निर्देशन गरेका छन् । उनी पछिल्लो समयका व्यस्त निर्देशक हुन् ।

यो गीतको भिडियोमा भिडियोमा अभिनेता आकाश श्रेष्ठ र मोडल अंजली अधिकारीको अभिनय रहेको छ । गीतमा लामो समयपछि भेट भएकी प्रेमिका प्रति पोखिएका गुनासाहरुलाई समेटिएको छ । मनिषा पोखरेलले कला निर्देशन गरेको यस भिडियोका छायाँकार हरी हुमागाईँ हुन् भने बिकास दाहालले सम्पादन गरेका छन् ।

गायक खनाल हाल अमेरिका बस्दै आएका छन् । उनले हालसम्म छ वटा गीतमा संगीत भरेका छन् । ति गीतहरु क्रमैसँग रिलीज गर्ने उनले बताए । ‘म एक भुटानी कम्युनिटीको अमेरिकामा बस्दै आएको नेपाली हुँ । गीत संगीतमा सानैदेखिको रुचि थियो ।’ उनले भने । यसअघि भुटानका गतिविधी समेटेर ‘नरोईदेउन मेरी आमा’ बोलको गीत रिलीज गरेको थिएँ । साथीहरुबाट नेपाली गीत संगीतमा केहि गर्न सक्छस् भनेर दिएको हिम्मतबाट यो गीत ‘किन यसरी’को जन्म भएको हो,’ खनालले बताए । यो गीतको दोश्रो भाग पनि छिट्टै आउने बताईएको छ ।