खुकुरी प्रहार गरी दुई जनाको हत्या


ब्युटी न्युज नेपाल
सिन्धुपाल्चोक, २४ माघ

आइतबार साँझ सिन्धुपालचोकको बलेफी गाउँपालिका–७ माथिल्लो चिम्लिङमा खुकुरी प्रहारबाट दुईजनाको हत्या भएको छ । मादक पदार्थ सेवन गरेका स्थानीय विजय तामाङले स्थानीयवासी ७० वर्षीया वासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपालचोकले जनाएको छ ।

अभियुक्त विजयलाई प्रहरीले नियन्त्रणमा लिएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिएका छन् । घटनाको थप अनुसन्धान भइरहेको पनि उनले बताए । निज बिजयले पुरानो रिसइवीको आधारमा हत्या गरेको बताईएको छ ।