जन्ती जिप दुर्घटनामा बेहला बेहुली बाँचे, ८ जना मृतकको सनाखत


ब्युटी न्युज नेपाल
सुर्खेत, २२ माघ

प्युठानको जन्ती जीप दुर्घटनामा ज्यान गुमाउने सबैको सनाखत भएको छ । प्युठानमा बेहुली लिएर फर्कँदै गरेको सो जीप दुर्घटनामा ८ जनाको ज्यान गएको हो । नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्कँदै गरेको ग १ ज ५०९२ नम्बरको जीप आज बिहान तीन बजे तीन सय मिटर तल खसेको थियो । सोही गाडीमा रहेका बेहुला बेहुली घाईते भएका छन् । उनीहरुको पनि अहिले उपचार भईरहेको छ ।

सो दुर्घटनामा मृत्यु हुनेमा एकै परिवारका श्रीमान श्रीमती र छोरी रहेका छन् । ३९ वर्षीय वसन्त खड्का, उनकी श्रीमती ३९ वर्षीया वसन्ती खड्का र १३ वर्षीया छोरी एलिसा खड्काको एकै पटक ज्यान गएपछि परिवार शोकमा डुबेको छ । त्यस्तै ५० वर्षीय नन्दी खड्का, ३० वर्षीया केशरी खड्का, ५० वर्षीय बलबहादुर खड्का, ३२ वर्षीय खिमबहादुर खत्री, र १८ वर्षीया विपना जिसीको पनि दुर्घटनामा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते बेहुला दानबहादुर जिसी र सावित्रा जिसीको जिल्ला अस्पताल बिजुवारमा उपचार जारी रहेको प्रहरीले जनाएको छ ।