प्युठानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु


ब्युटी न्युज नेपाल
सुर्खेत, २२ माघ

प्युठानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा ५ जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार घाईतेहरुको अबस्था गम्भिर छ । मृत्यु हुनेहरुमा बसन्त खड्का, केशरी खड्का, बलबहादुर बुढामगर, खिम बहादुर खत्री, नन्दी खड्का, बसन्ती खड्का, एलिसा खड्का रहेका छन् । एक जनाको पहिचान खुलेको छैन ।

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक देवी प्रसाद गैरका अनुसार गौमुखी गाउँपालिका–६ लिवाङमा दुलही लिएर फर्किदै गरेको अबस्थामा ग १ ज ५०९२ नम्वरको जीप लिवाङको ओखरपाटामा दुर्घटना भएको हो । सो जीप राती १ बजेको समयमा दुर्घटना भएको थियो । प्यूठानकै नौबहिनी गाउँपालिका–६ लुङबाट दुलही लिएर फर्किएको अबस्थामा सडकबाट सो जीप तल खसेको हो ।

घाईते २ जनाको जिल्ला अस्पताल विजुवारमा मृत्यु भएको पनि प्रहरी निरीक्षक गैरेले बताए । दुर्घटनाका घाईतेहरुको जिल्ला अस्पताल विजुवार उपचार भैरहेको छ ।