ब्युटी न्युज नेपाल
काठमाडौं, १८ माघ

गायक शिब परियार र गायिका अञ्जु पन्तको स्वरमा रहेको नयाँ गीत आउँ पिउँदै…को भिडियो दर्शकमाझ आएको छ । सुनिता बस्नेतको कोरियोग्राफी, रामजी लामिछाको निर्देशन रहेको गीतको भिडियोमा पृथ्वी प्रसाईं र अनु शाहलाई फिचरिङ गरिएको छ ।

फुलारा इन्टरटेनमेन्ट नेटवर्कमार्फत सार्वजनिक भिडियो श्याम खत्रीले निर्माण गर्नुभएको हो । रूपा मानन्धरको शृङ्गार, सुमन कार्कीको छायाँकन, दिनेश राजबहाकको मिक्सिङ रहेको भिडियोको पोष्ट प्रोडक्शन स्टुडियो द पिक रहेको छ । यो गीतलाई भीष्मराज फुलाराले लेखेका हुन् । जसमा बाबुल गीरीको संगीत छ ।