सुट मालाको उद्घाटनमा बान्द्रे, एकदुमे देखि राज कमेडीसम्म


ब्युटी न्युज नेपाल
काठमाडौं, १६ माघ

नेपाली हास्य कलाकारहरुले सुट लगाउँदा आफ्नो ब्यक्तित्वसँगै सुन्दरता बढ्ने गरेको बताएका छन् । सर्टिङ सुटिङको ब्यावसाय ‘सुट माला’को उदुघाटन समारोहमा उनीहरुले यस्तो भनाई राखेका हुन् ।

लामो समयदेखि सर्टिङ सुटिङको ब्यबसाय गर्दै आएका राज कार्कीले ‘सुट पनि पाइने, खुशी पनि मिल्ने’ भन्ने मुल नाराका साथ नरदेवीस्थित श्रीराज कलेक्सनको सफलतापछि काठमाडौंको बागबजारमा सर्टिङ सुटिङका लागि अर्को आउटलेटको रुपमा सुट माला सोमबारबाट सञ्चालनमा ल्याएका हुन् ।

सोमबारबाट औपचारिक रुपमा सुरु भएको सुटमालामाको उद्घाटनमा नेपाल कपडा तथा सिलाई ब्यावसायी महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठसँगै कलाकारहरु सुरज चापागाईं (बान्द्रे), सुवोध गौतम (एकदुमे), सुरेश थापा (दर्शने), राजु कमेडी, गायक दुर्गा बिरहीलगायतका व्यक्तिहरु अतिथि थिए । उनीहरुले सुट मालाको सफलताको कामना गरे ।

नीजि स्कुलको व्यबसाय छाडेर आफु यो ब्यबसायमा लाग्दा राम्रै आम्दानी भएको सुट मालाका सञ्चालक राज कार्कीले कार्यक्रममा बताए । युवाहरुको आवश्यकतालाई मध्येनजर गर्दै बिभिन्न डिजाइनका आधुनिक सुट्सँग सम्बन्धित सबै सुविधाहरु उपलब्ध गराउने सञ्चालक कार्कीले बताएका छन् । यस ब्राञ्चमार्फत नेपाली उत्पादनहरुलाई पनि विशेष प्राथमिकता दिईने उनले बताए ।