ब्युटी न्युज नेपाल
काठमाडौँ, १६ माघ

गायिका मेलिना राई सँग युगल स्वरमा गायक रमेश कँडेलले नयाँ गीत बजारमा ल्याएका छन् । यी दुईको युगल स्वरमा रहेको गीत ‘चम्पाकली…’ को भिडियो दर्शकमाझ ल्याईएको हो ।

गीतमा सितल कादम्बिनीको शब्द रचना र सिडी विजय अधिकारीको संगीत रहेको छ । सार्वजनिक रोमान्टिक गीतमा रिकेश गुरुङको संगीत संयोजन रहेको छ । भिडियो डिएआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

यो गीतको भिडियोमा नाजीर हुसेन र गीता ढुंगानाको अभिनय रहेको छ । करण चैंसिरले छायाँकन गरेको भिडियोको सम्पादन अमृत चापागाईंको छ ।

भिडियोको निर्देशन कोरियोग्राफी सुनील क्षत्रीले गरेका हुन् । भिडियो आकर्षक बनेको छ ।