ब्युटी न्युज नेपाल
काठमाडौं, १६ माघ

गायिका प्रतिमा केसीले नयाँ गीत संसारको चाल…को भिडियो बजारमा ल्याएकी छिन् । प्रतिमाले यसअघि भन्देउ हजुर, माया लाइसको, लजाएर लुकी लुकीलगायत गीत ल्याइसकेकी छिन्।

यो गीतमा प्रतिमालाई राग पौडेलले स्वरमा साथ दिएका छन् । गितको भिडियोलाई आहा टिभी मार्फत सार्वजनिक गरिएको छ । यो गीतमा शब्द/संगीत सिएल शर्माको रहेको छ भने एरेन्ज विश्व अधिकारीले गरेका छन् ।

यो गीतको भिडियोमा जिबी चिरन, प्रदीप न्यौपाने, विना राउत र सिएल शर्माको अभिनय रहेको छ । भिडियोको छायाँकारमा दिनेश पराजुली, सम्पादकमा अमृत चापागाईं रहेका छन् ।