सोफिया मिस इको इन्टरनेशनल नेपाल


ब्युटी न्युज नेपाल
काठमाडौं,१६ माघ

‘मिस इको इन्टरनेशनल २०२२’ मा नेपालको प्रतिनिधित्व सोफिया भुजेलले गर्ने भएकी छन् । इजिप्टमा आयोजना हुने यो अन्तर्राष्ट्रिय सौदर्य प्रतियोगीता हो । सोही कार्यक्रमका लागि भुजेललाई ‘मिस इको इन्टरनेशनल नेपाल’ को ताज प्रदान गरिएको छ । उनलाई ग्रिन आर्ट मिडियाले छानेको हो । भुजेलले यस अगाडि पनि राष्ट्रिय तथा अन्तराष्ट्रिय केही सौन्दर्य प्रतियोगीतामा सहभागी भएकी थिइन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच ग्रिन आर्ट मिडियाले प्रतियोगी सार्वजनिक गरेको हो । भुजेललाई मिस इको इन्टरनेशनल नेपाल २०२०’ विजेता अनुष्मा रायमाझीले ताज लगाई दिएकी हुन् । रायमाझीले ‘मिस इको इन्टरनेशनल २०२०’ मा ‘मिस इको एशिया’ उपाधि नेपाल ल्याउन सफल भएकी थिइन् ।

भुजेल आगामी मार्चमा इजिप्टमा आयोजना हुने ‘मिस इको इन्टरनेशनल २०२२’ मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । ६० बढी देशका इको सुन्दरीहरुको सहभागीता रहने प्रतियोगीताका लागि भुजेल नेपालको तर्फबाट एक्लो प्रतिनिधि हुन् । भुजेललाई प्रतियोगीताका लागि ग्रिन आर्ट मिडियाकी प्रवन्ध निर्देशक तथा अन्तराष्ट्रिय कोरियोग्राफर अनिला श्रेष्ठ र नेपालका प्रतिष्ठित ब्यक्तिहरुका ग्रुमिङ गरिनेछ ।

भुजेलले इजिप्टबाट ‘मिस इको इन्टरनेशनल २०२२’ को शिर्ष उपाधि जित्न सक्ने विश्वास आफुलाई लागेको ग्रिन आर्ट मिडियाका सिइयो प्रविन लाकौलले बताए ।