भ्वाइस अफ किड्सकी पेमासँग राजेश पायलको सै हँमा…


ब्युटी न्युज नेपाल
धरान, १२ माघ

भ्वाइस अफ किड्स प्रतियोगिताको सेमीफाइनल सम्म पुगेकी पेमा देचेन तामांगलाई गायक राजेश पायल राईले आफ्नै संगीत र स्वरमा “ सै हँमा “ बोलको युगल गीत रेकर्ड गराएर स्टुडियो भिडियो सार्वजनिक गरेका छन् । “सै हँमा…, सै हँपा… अर्थात् राई भाषामा रानी र राजा अर्थ लाग्ने शब्द प्रयोग गरिएको गीतको शब्द टिका चाम्लिङ्गको रहेको छ भने संगीत संयोजन राजु कार्कीको रहेको छ ।

मनोज राइले भिडियो छायाँकन तथा सम्पादन गरेका हुन् । सोमबार सार्वजनिक गरिएको गीत नेपाल सहित कतार र कुवेतमा समेत युट्युब ट्रेन्डिंगमा परेको छ। राजेश पायल राईले यस अघि पनि मेलिना मैनाली, बिसाखा साही, सुदिता राई , सुजिता योञ्जन, इशान राई, बैशाली लामा लगायतका द भ्वाइसका प्रतियोगीहरुसँग युगल गीतहरु आफ्नै संगीतमा रेकर्ड गराएर सार्वजनिक गरेका छन् । यसरी नै नयाँ प्रतिभाहरुलाई राजेश पायल राई म्युजिक एकेडेमीमार्फत मौका दिईरहने गायक राजेश पायल राईले बताए ।

https://www.youtube.com/watch?v=t-ILc4c5qCc