ब्युटी न्युज नेपाल
काठमाडौं, १२ माघ

नेपालमा आज ८ हजार ४५४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १३ हजार ५४९ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ५७१ जना र ६ हजार ८१० जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार ८८३ जना गरी ८ हजार ४५४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको हो । यस्तै कोरोना सँक्रमणबाट पछिल्लो २४ घन्टामा नेपालमा ५ जनाको मृत्‍यु भएको छ भने ४ हजार ४३३ जना कोरोना संक्रमण मुक्त भएका छन् । हाल देशभरमा ९० हजार ६७ सक्रिय संक्रमित छन् ।

यो सँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ५४ हजार ८८ पुगेको छ । यस्तै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ६७२ पुगेको छ । ८ लाख ३१ हजार ७१२ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभरमा ९० हजार ६७ सक्रिय संक्रमित छन् । बुधबार सँक्रमित भएका मध्य काठमाडौं उपत्यकामा २ हजार ९०० जना रहेका छन् । जसमा काठमाडौंमा २,०४१, ललितपुरमा ५६६ र भक्तपुरमा २९३ जनामा कोरोना संक्रमण देखिएको हो ।

काठमाडौं पछि स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै मोरङमा ३४८, कैलालीमा २५६ र कास्कीमा २१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै झापामा १५७, चितनवमा १५३, सुनसरीमा १४० र रुपन्देहीमा १२३ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै बाँकेमा ९७, तनहुँमा ७३, काभ्रेपलाञ्चोकमा ७०, दाङमा ६६ र कञ्चनपुरमा ५४ जना कोरोना संक्रमित थपिएका छन् भने बारामा ४९, सर्लाही र बागलुङमा ४८/४८ जना, नवलपरासी पुर्वमा ४७, धनुषामा ४५, नुवाकोटमा ४२, मकवानपुरमा ४० जनामा कोरोना संक्रमण पुष्टि गरेको छ । यस्तै सिरहामा ३९, पाल्पामा २८, बैतडीमा २६, बर्दिया र डडेल्धुरामा २५/२५ जना, गोरखामा २३, सुर्खेतमा २२ र पर्सामा २० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।